JanataToday.com

Advertisment

SKIP THIS

रचना वाचन महफिलकाे अन्तिम तयारी

रचना वाचन महफिलकाे अन्तिम तयारी

बुटवल । बुटवलमा शनिबार साँझ चिया चौतारी रचना वाचन साँझ हुनेभएको छ ।

युवा कवि प्रज्वल दीप र युवा गजलकार गणेश खनालको पलेँटीका साथमा सुख्खानगर स्थित चिया चौतारी बुक क्याफेमा साँझ ६ बजेदेखि हुने महफिलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

आम युवा पुस्ताका विभिन्न साहित्यक लेख रचनाहरुले स्टेज तथा मिडिया नपाईरहेको अवस्थामा व्यवसायिक प्रस्तुतिका साथ शितल चौतारी सायिहत्य प्रतिष्ठान नेपालको आयोजना, अनुबन्धन गजल कार्यक्रम र मिलन समाज बुटवलको सहआयोजनामा यो कार्यक्रम हुन गइरहेको हो ।

साहित्यका विभिन्न विधाको आफ्नै धार र आफ्नै शैली भएता पनि विशेषतः पद्य विधा अन्तरगतका कविता र गजलका साथमा पहिलो श्रृङ्खला अर्थात् पृष्ठ १ को महफिल जोडदार हुने आयोजकले जनाएको छ ।

आगामी पृष्ठ नियमित तथा व्यवसायिक रुपमा अगाडी बढाउने यो एउटा अभ्यास रहने साथै आउँदा पृष्ठमा स्थानीय तथा विभिन्न क्षेत्रका गजलकार, कवि, मुक्तककारलगायतका पलेँटीलाई महेपिल प्रदान गरिने गजल श्रष्टा तथा अनुबन्धनका प्रस्तोता शपन कुमार एञ्जीलले जानकारी दिए ।

गजल, कविता र मुक्तकले मनका भाव पोख्नेमात्र नभएर मनोरञ्जन तथा सचेतनाको कार्य गर्नेमा शितल चौतारीका गजल श्रष्टा आकाश थापा आफू विश्वस्त रहेको जानकारी दिए ।

कार्यक्रमका आगन्तुकलाई महफिलको भिडियो रेकर्ड गर्न छुट दिइएको र न्यानो चियापान सगौर प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।
‘रचना वाचन’को महफिलका लागि रेडियो जागरण ९३.६ मेगाहर्ज, खस्यौली साप्ताहिक, नागरिक आवाज डटकम, द न्यूज रुम, भुन्टे टि.भी.हरु मिडिया पार्टनरको रुपमा रहेका छन् ।

‘रचना वाचन’को महफिल शुभारम्भको संघारमा रहेको चिया चौतारी बुक क्याफेमा सुख्खानगरमा साँझ ६ बजेदेखि निःशुल्क प्रवेशका साथ हुनेछ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij