नवपुर जिल्ललाको त्रिवेणी धाममा अवस्थित गजेन्द्रमोक्ष दिव्यधाममा गजेन्द्रमोक्षनारायण भगवत् प्राणप्रतिष्ठा महाेत्सव सुरु भएको छ । अनन्त श्री विभूषित मुक्तिनाथ पिठधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज ( श्रीमुक्तिनाथबाबा) को सत्संकल्पमा वि.सं २०६८ साल चैत्र रामनवमीको अवसरमा एक सय ५५ जनाबाट सामुहिक शिलान्यास भएको थियो । शिलान्यास भएको करिव ६ वर्षमा मन्दिर निर्माण भएर तयार भएको हो ।
वहिरीभाग नेपालको प्यागोडा शैलीमा निर्माण भएको छ भने भित्री दक्षिण भारतको दैविक सम्पदासम्पन्न वास्तु शैलीको अनुपम स्वरुपमा निर्माण भएको छ । यो धाम नेपालको धार्मिक सम्पदाको महत्वपूर्ण स्थल बन्ने गजेन्द्रमोक्षधामका अध्यक्ष कृष्णप्रसाद शर्माले दावी गरे । उनले भने– ‘ हेर्नुस अव नेपालमा वैदिक धर्म तथा देव देवीका संग्रहालयको रुपमा यो धाम चिनिने छ’ । यो धाम करिव २५ विगाह क्षेत्रफलमा फैलिएको छ ।
सम्पन्न नवनिर्मित मन्दिरको आइवार श्रीमुक्तिनाथबाबा वाबाको साथमा ५ सय ५५ जना संस्थापन सदस्य ज्यूहरुवाट उद्दघाटन भएको हो ।
उद्घाटनको अवसरमा १ सय ८ शंख घोष पनि गरिएको थियो । आईवार वाट सुरु भएको यज्ञ फगुनको २५ गतेसम्म चल्ने धामका उत्तराधिकारी कृष्णस्वामी जीले जानकारी गराउनु भयाे ।
वहाँ अनुसार महायज्ञमा १०८ विष्णुपुराण पाठ पारायण हुने तथा अठारह पुराण हरुपनि पारायण हुने छ । महायज्ञमा संगीतमय कथा वाचनका साथै दैनिक रुपमा विभन्नि सन्त, महन्त, विद्वान, हरुको प्रवचन पनि हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्