JanataToday.com

Advertisment

SKIP THIS

‘इतिहासमै महान फुटबलर बन्दैछन् एमबाप्पे’

‘इतिहासमै महान फुटबलर बन्दैछन् एमबाप्पे’

खुट्टामा चोट लागेर १० हप्ताको आराममा रहेका ब्राजिलियन फुटबलर तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड नेयमारले सहकर्मी युवा स्टार किलियन एमबाप्पेको खुलेरै प्रशंसा गरेका छन् । नेयमारले एमबाप्पेको प्रशंसा गर्दै भने, ‘एमबाप्पे फुटबल इतिहासको महान खेलाडी बन्न सक्छन्।’

२०१७ मा एमबाप्पे मोनाको क्लबबाट पीएसजीमा आवद्ध भएका थिए । उनले अहिलेसम्म पीएसजीबाट ५० गोल गरिसकेका छन् । गत शनिबार पनि फ्रान्सको ‘लिग वान’ उनले कानविरुद्ध २ गोल गरे । यो सँगै उनको पीएसजीमा आबद्ध भएपछि ५० गोल पूरा गरेका हुन् ।

फ्रान्स तथा पीएसजीका स्टारको नाममा विश्वकप तथा लिग वानका २ ट्रफी एम्बाप्पेले जितेका छन् । उनले ‘कपल डे फ्रान्स’ र ‘कपल डे ला लीगा’ बाट पनि सम्मान पाएका छन् ।

“मेरो उनी (एमबाप्पे) सँग सधै राम्रो सम्बन्ध छ । चाहे त्यो मैदानमा होस् वा मैदान बाहिर,” नेयमारले गोल डटकमसँग कुराकानी गर्दै भने, “म उनलाई ‘गोल्डेन व्वाइ’ भन्छु । उनी त्यस्ता व्यक्ति हुन जो सँधै मेरो हृदयमा रहन्छन् ।’ नेयमारले एम्बाप्पे इतिहासकै महान फुटबलर बन्ने र त्यसका लागि आफूले सक्ने सहयोग गर्ने बताएका छन् ।

नेयमारले दुवै जनाले अभ्यासमा अथवा मैदानमा एटिच्युड देखाएपनि पछि एक अर्काबीच सल्लाह हुने गरेको बताउँदै भने,“हामी एक अर्का प्रति सम्मान प्रकट गछौं । उनी र मेरो पासबाटै हामीले गोल गर्ने गछौं । मेरो पासमा उनले र उनको पासमा मैले गोल गरेका खेल धेरै छन् ।’ उनले बार्सिलोनामा रहँदा लियोनल मेस्सीसँग यस्तो ‘कम्बिनेसन’ रहने गरेको पनि सुनाए ।

एमबाप्पेले अहिलेसम्म पीएसजीबाट खेलेका ७६ खेलमा ५० गोल गरेका छन्। उनले २८ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij