हिलपार्कलाई नमुना पर्यकीयस्थल बनाइदै

हिलपार्कलाई नमुना पर्यकीयस्थल बनाइदै

बुटवल । बुद्धजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाई बुटवलमा ल्याउन बुटवलको हिलपार्कलाई नमुना पर्यटकीय स्थल बनाइने भएको छ ।

नमुना पर्यटकीय स्थल बनाउन हिलपार्कमा बुद्धको अहिलेसम्मकै ठुलो मुर्ति सहित बुद्ध धर्मसंग सम्बन्धित विभिन्न ऐतिहासिक सोध अध्ययनका लागि अध्ययन केन्द्र समेत बनाइने भएको छ ।

बुटवल उप-महानगरपालिकाले हिलपार्कलाई नमुना पर्यटकीय स्थल बनाउन बुद्धमुर्ति अन्य आवश्यक पुर्वाधार बिकासका लागि प्रारम्भिक अध्ययन समेत गरीसकेको छ ।

हिलपार्कको ५ बिगाहा जग्गामा अहिलेसम्मकै ठुलो ३३ मिटर अग्लो बुद्धमुर्ति, बिशेष पार्क, संग्रहालय, ध्यानकेन्द्र, बाल उद्यान लगायत बनाईने छ ।

बीज्ञहरुले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिबेदनका सम्वन्धमा उप-महानगरपालिकाले सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया समेत गरेको छ ।

हिलपार्कको ५ बिगाहा क्षेत्रफलमा अहिलेसम्मकै अग्लो बुद्धमुर्ति, बिशेष पार्क, संग्रहालय, ध्यानकेन्द्र, बाल उद्यान लगायत बनाइने नगरपालिकाका सिभिल इञ्जिनीयर धर्म ढकालले बताए।

उनले कमलको फुुलमाथि ३३ मिटर अग्लो बुद्धमुर्ति लुम्बिनी फर्काएर राख्ने प्रस्ताव गरेको बताए । उनले बुद्धमुर्तिसम्म पुग्न लक्ष्मिनगरबाट करिव १७ करोड रुपैयाँको लगानी डेढ किलोमिटर डवल लेण्डको सडक बनाउने तथा हिड्दै जान चाहनेका लागि हिलपार्कको फेदबाट ५ सय ८३ स्टेपको सिढी बनाउने बताए।

हिलपार्कमा बुद्ध भिक्षु बस्न मिल्ने आश्रम, ध्यानकेन्द्र, अध्ययन केन्द्र बनाउने र प्रत्येक स्टेप सिढीमा बुद्ध दर्शन राखी बुद्धमय बनाउन सकिने अर्का आर्किटेक्ट इञ्जिनीयर मधु ज्ञवालीले बताए।

उहाले बुद्ध मुर्तिलाई लुम्विनी तर्फ फर्काएर राख्ने र त्यहाबाट लुम्विनी, भैरहवा देखि उत्तर भारतका सीमावर्ती क्षेत्रहरु स्पष्ट देख्न सकिने बताए ।

उनले ४ सय रुख काटनु पर्ने भएकाले त्यो भने चुनौती रहेको बताए । इञ्जिनीयर ढकालका अनुसार उप-महानगरपालिकाले अघि सारेको यो योजना पुरा गर्न करिव पौने अरब रुपैयाँ लाग्ने अनु्मान छ ।

लुम्बिनी आउने पर्यटकलाई बुटवल ल्याउन र बुटवलको पर्यटन बिकासका लागि हिलपार्कलाई पहिलो प्राथमिकतामा राखि पर्यटन बिकासको अवधारणा अघि सारेको उप-महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।

प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij