JanataToday.com

Advertisment

SKIP THIS

महिला अधिकार : नीतिगत रुपमा प्राप्त भएपनि कार्यान्वयन निकै फितलो

महिला अधिकार : नीतिगत रुपमा प्राप्त भएपनि कार्यान्वयन निकै फितलो

बुटवल । महिला अधिकारको लडाइ अझैं बांकी रहेको सरोकारवालाले बताएका छन् । नेपालमा अधिकारका नाममा कानुन बनेपनि कार्यान्वयनको पाटो निकै दयनीय रहेको उनीहरुको निश्कर्ष छ ।

१०९ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलद्वारा आयोजित महिला आन्दोलन र अधिकार बिषयक साक्षात्कारमा बोल्ने बक्ताहरुले नीतिगत रुपमा केहि अधिकार प्राप्त भएपनि ब्यहारिक रुपमा अधिकार पाएको अनुभूति नभएको बताएका हुन् ।

प्रदेश ५ का भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ सरकार अन्य प्रदेशको तुलनामा महिला मैत्री भएको दाबि गरिन् । ‘
अरु प्रदेशको तुलनामा हाम्रो प्रदेश नमुना बनेको छ,मैले महिला भएपनि पुरुषले पनि यहा महिलाका अधिकारका कुरा उठाइरहनुहुन्छ ।’

उनले भनिन् ।
पौडेलले सबैको सहकार्यबाट मात्र महिलाका अधिकार प्राप्त हुने बताइन् । सबैलाइ समान दृष्टि र ब्यबहार हुने कानुन बनाएको उनको भनाइ छ । मन्त्री पौडेलले महिला अधिकारका लागि ककस बनाउनुपरेपनि आफु तयार रहेको समेत प्रष्ट पारिन् ।

प्रदेश ५ नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले नेपालमा महिलाहरुलाइ यो वा त्यो बहानामा यातना दिनेक्रम नरोकिएको बताइन् । उनले अधिकार दिनुपर्छ भनेपछि धेरै स्थानमा महिला हिंसा ,हत्या र आतंक नै फैलिएको बताइन् ।

तराइमा बालबिबाह,दाइजोप्रथा,पहाडमा बोक्सीप्रथा,छाउपडी लगायतका कुरिती अन्त्यका लागि सबैले साझा पहल गर्नुपर्ने धारणा राखिन् ।

बुटवल उपमहानगर पालिकाका उपप्रमुख गुमादेबी आचार्यले बुटवल उपमहानगरलाइ सबैप्रकारको हिंसामुक्त शहर बनाउने प्रकृया शुरु भइसकेको बताइन् । आचार्यले श्रमबजारलाइ ब्यस्थित गर्नका लागि नया योजना बनाइरहेको जानकारी दिइन् ।

त्यस्तै दलित मुक्ती मोर्चाकी नेता तथा अधिकारकर्मी गोमती सुनार र अमृता अधिकारीले नीति बनेपनि ब्यबहार नसुर्धेको बताइन् । समाज उस्तै भएकाले बदल्न सबै एक हुनुपर्ने उनको धारणा छ । राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानकी सचिब राधिका हमालले नेपालका महिलाहरुले धेरै अधिकार पाएको भन्दै पाएको अधिकारलाइ उच्चतम प्रयोग गर्न आग्रह गरिन् ।

हमालले बिश्वका महिलाहरु अधिकारका लडाइमा रहीरहेको भन्दै नेपालमा अधिकार पाएकाले धेरै कुण्ठामात्रै गरेर बस्न नहुने बताइन् ।

सञ्चारिका समुह प्रदेश ५ का महासचिब अमृता अनमोलले अधिकारका नाममा समाज बिभाजित बन्न थालेको भन्दै लक्षीत बर्गलाइ छुट्टाइएको बजेट र अधिकार स्थानीय तहले कटौती गरेको गुनासो गरिन् । उनले लक्षीत बर्गका कार्यक्रम अभियान मुखी नभएर परियोजना मुखी बन्दा ठोस परिणाम निस्कन नसकेको उनको निचोड थियो ।
महिला हिंसा न्युनिकरणका लागि सबैले घरबाटै सार्थक अभियान थाल्नुपर्ने बताइन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij