बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर नभएको बताएका छन् ।
प्रदेशको योजना आयोगले प्रकाशन गरेको वस्तु स्थिती बिवरण पुस्तक बिमोचन गर्दै मुख्मन्त्री पोखरेलले संघियताका बिषयमा बिपक्षिहरुले गरेको बिरोध सतहि रहेको आरोप लगाए ।
उनले संघियतालाई आत्मसाथ गरेकै कारण देशमा सकारात्मक संकेटहरु देखिन सुरु भै सकेको दाबी गर्दै नेपालको सन्दर्भमा संघियताले आर्थिक समृद्दी ल्याउने बिश्वास ब्यक्त गरे ।
प्रदेश योजना आयोगले सरकार गठन लगत्तै सरकारले प्रकाशन गरेको स्थितीपत्रलाई पुर्णता दिंदै वस्तु स्थिती पुस्तक तयार गरेको हो । बिमोचन कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले प्रदेश वस्तुस्थिती पुस्तकमा प्रदेशको दिगो बिकासको समेत लक्ष समावेश गरिएको जानकारी दिए ।
पुस्तकमा प्रदेश नम्बर ५को आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक अवस्थाको बिश्लेषण गरिएको छ । पुस्तकका अनुसार प्रदेश नम्बर ५ ले नेपालको आर्थिक सक्रियतमा ४१ प्रतिशत योगदान गरेको छ भने प्रदेश नम्बर ५ अन्तर्गत अर्घाखांचीका ५१ दशमलब ५ प्रतिशत जनसंख्या आर्थिकरुपमा सक्रिय रहेका छन् ।
प्रदेश भित्र सबैभन्दा बढी ग्राहस्थ्य उत्पादन रुपन्देहीबाट २१.६ प्रतिशत, दाङबाट १३.७ र कबिलवस्तुबाट १२.५ ग्राहस्थ्य उत्पादन प्राप्त हुने गरेको छ । सबै भन्दा कम ग्राहस्थ्य उत्पादन रुकुम पुर्वबाट १.२ प्रतिशतमात्र राज्यले प्राप्त गर्दै आएको छ ।
कृषित र्फ धान उत्पादनमा मुलुककै तस्रो र मकैमा ५ औं स्थानमा प्रदेश नम्बर ५ ले योगदान गरेको पुस्तकमा उल्लेख गरिएको छ । दलहन र तेलहनमा भने प्रदेश ५ ले मुलुकमै पहिलो नम्बरमा योगदान गर्दै आएको तथ्यांक पुस्तकमा लेखिएको छ ।
पुस्तकका बिषयमा समिक्षा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको वास्तबिक अवस्थाको बिश्लेषण नगर्दा सम्म आर्थिक समृद्दिको बाटो पहिल्याउन नसकिने बताएका थिए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्