JanataToday.com

Advertisment

SKIP THIS

प्रदेशस्तरीय टी–२० क्रिकेट छनोट : बाँके र रुपन्देही फाइनलमा

प्रदेशस्तरीय टी–२० क्रिकेट छनोट : बाँके र रुपन्देही फाइनलमा

भैरहवा । प्रदेशस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगितामा आज भएको खेलमा विजयी हुँदै बाँके र रुपन्देही जिल्ला फाइनलमा पुगेका छन् ।

रुपन्देहीले नवलरासीलाई ३७ रनले पराजित गरेको हो भने बाँकेले पाल्पालाई ४३ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ९ विकेट क्षतिमा १३३ रनको योगफल बनायो ।

जसमा निश्चल चौहरीले ४५, सुर दरईले २३ रन बनाए । बलिङमा नवलपरासीका दिलीप कुर्मी, जितेन्द्र साहनी, एकलाख अहम्मद र घनश्याम थारुले समान २÷२ विकेट लिए ।

प्रतिउत्तरमा १४३ रनको लक्ष्य पछ्याएको नवलपरासीले ८ विकेट क्षतिमा ९६ रन मात्रै बनायो ।

उसका लागि जितेन्द्र साहनीले नटआउट ३३ र सद्दामअली अन्सारीले २१ रन बनाए । बलिङमा रुपन्देहीका कृषि कार्कीले ३, संदीप सुनारले २ तथा मानबहादुर थापाले १ विकेट लिए । कृष्ण खेलमा म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले ६ विकेट क्षतिमा १६१ रन बनायो । उसका लागि अनुपम सिंहले ४४, आकाश विष्टले नटआउट ३३ र सुनिल भण्डारीले २७ रन बनाए ।

बलिङमा पाल्पाका नरेश कुमार सार्की र सुरेश गोदारले समान ३÷३ विकेट लिए । प्रतिउत्तरमा पाल्पाले ८ विकेट क्षतिमा १२४ रन मात्रै बनाई हार व्यहोर्यो ।

उसका लागि अजय रसाइलीले ५०, सतिष मगरले ३६ रन बनाए । बलिङमा बाँकेका सुनिल भण्डारी र विजय चौधरीले ३÷३ तथा दीपेन्द्र रावतले १ विकेट लिए । सुनिल म्यान अफ दी म्याच घोषित भए ।

शनिबार उपाधिका लागि रुपन्देही र बाँकेबीच तथा तेस्रो स्थानका लागि पाल्पा र नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट चैतमा हुने आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तर जिल्लाबीच खेल भइरहेको छ । यहाँबाट उत्कृष्ट १४ खेलाडी छनोट गरी प्रदेशको एउटा टिम बनाई आठौंमा सहभागी गराइनेछ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij