उपासना लाई अनमोलविना बाँच्न गाह्रो

उपासना लाई अनमोलविना बाँच्न गाह्रो

काठमाडौं । यतिबेला हलमा रिलिज भइरहेको फिल्म ‘क्याप्टेन’ को गीत युट्युबमा रिलिज गरिएको छ । ओयसआर डिजिटलको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘सक्दिन बाँच्न’ गीतमा सुमन केसी र दीपा लामाको स्वर सुन्न सकिन्छ भने दिग्गज धौरालीका शब्द छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।

भिडियोमा अनमोल केसी र उपासना सिंह ठकुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने नवराज उप्रेतीले क्यामेरामा कैद गरेका हुन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । स्पोर्टस् जानरामा बनेको यो फिल्ममा प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकार, सुनील थापा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्म गत फागुन १७ गतेबाट प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij