कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताएका छन ।
नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।”
वन तथा वातावरणमन्त्री विकास लम्सालले नवलपुरको लोकाहामा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने योजना बनाइएको बताए ।
नवलपरासीपूर्वको कावासोती–८ मा रहेको सेक्टर वन कार्यालयको भवनमा तत्कालका लागि घरेलु तथा साना उद्योग कार्यालय स्थापना गरिएको छ । चाँडै कार्यालय व्यवस्थापन गरेर सेवा प्रदान गरिने जनाइएको छ ।
नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय नहुँदा यस क्षेत्रका उद्योग, व्यवसायी पश्चिम नवलपरासीको परासी धाउनुपर्ने बाध्यता रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय कावासोतीमा स्थापना भएपश्चात् यस क्षेत्रमा उद्योग, व्यवसाय गर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुराज पोखरेलले बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्