दाङ । कागजले बेरिएको बस्तु भेटिएपछि हल्ला खल्ला भयो । बम हुन सक्ने भन्दै प्रहरीलाई खबर गरियो । घटना स्थलमा प्रहरी पुग्यो ।
तुलसीपुर स्थित विपि चोकको अनुपकुमार श्रेष्ठको घर अगाडि र वीरेन्द्र चोकको पश्चिम तर्फ भेटिएको शंकास्पद बस्तु खाली बोतल भएको प्रहरीले जनाएको छ ।
प्लाष्टिकले बेरिएको बस्तुहरुलाई पातुखोलामा लगेर हेर्दा खाली बोतल रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । यसैगरी, प्युठानका दुई स्थानमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको छ ।
त्यसैगरी रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा भेटिएको शंकास्पद बस्तु पनि डिस्पोज गरिएकोछ ।
नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङसहित देशका विभिन्न जिल्लामा परेको छ । कतै बम तथा शंकास्पद वस्तु भेटिएका छन् भने यातायात, बजार पसल, शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्