कपिलवस्तु । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तु जिल्लाका बुद्धस्थलको अन्वेषणको कार्य आगामी बर्षको प्राथमिकतामा रहेको बताएका छन् ।
जिल्लाको बुद्धस्थल निग्लिहवा, कुदान, गोटिहवा र ताम्रेश्वर नाथ मन्दिरको भ्रमणमा आउनु भएका मुख्यमन्त्री पोख्रेलले सञ्चारकर्मीलाई सो बिषयको जानकारी दिएका थिए ।
कपिलवस्तु संपदाका हिसावले अत्यन्त समृद्ध क्षेत्र भएले अन्वेषण र बिकास आवश्यक रहेकोमा जोड दिए । हाल सम्म कपिलवस्तुको सम्पदाको बिस्तृत अध्ययन हुन नसक्दा सम्बद्र्धन र पुरानो स्वरुपमा लैजान कठिनाई परेको उनको भनाई थियो ।
लुम्बिनी बौद्ध बिश्व बिद्यालय सँग सहकार्य गरि प्रत्यक सम्पदा क्षेत्रको अन्वेषण र अनुसन्धान बृद्धि प्रदान गर्ने स्पष्ट पारे । कपिलवस्तु आउनु भएका मुख्यमन्त्री पोख्रेलले बुद्धस्थलको भ्रमण सगै एशियामा सबै भन्दा ठुलो शिव लिङ्ग रहेको दाबी गरिएको ताम्रेश्वर नाथ मन्दिरको दर्शन समेत गरेका थिए ।
बुद्धस्थल निग्लिहवा कनकमुनि बुद्धको जन्मस्थलको रुपमा परिचित छ । त्यसै गरि क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा र भगवान गौतमले ज्ञान प्राप्त गरे पछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा बुवा शुद्धोदनलाई भेटघाट गर्नुका साथै श्रीमति यशोधरा र छोरा राहुललाई बौद्ध संघमा सामेल गराइएको स्थलको रुपमा कुदान परिचित छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्