JanataToday.com

Advertisment

SKIP THIS

युवाहरुलाई उत्पादनसँग जोडौंः आचार्य

युवाहरुलाई उत्पादनसँग जोडौंः आचार्य

तिलोत्तमा । प्रदेश पाँचका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले आर्थिक विकासका लागि युवाहरुलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । भौतिक विकासले मात्रै समृद्धि हासिल नहुने भएकाले युवा जनशक्तिलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ छ ।

चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनको शनिबार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । “उत्पादन नबढेसम्म भौतिक विकासले मात्र समृद्धि आउँदैन, यसका लागि व्यावसायिक उत्पादनतर्फ युवाहरु लाग्नु जरुरी छ”–आचार्यले भने ।

उनले पहाडको जनशक्ति तराईमा झर्ने क्रमले खेतीयोग्य जमिन बाँझै रहेको, गाउँको विकास अवरुद्ध बनेको भन्दै गाउँ फर्केर उत्पादनमूलक काममा लाग्ने पनि उनले आग्रह गरे ।

“अवको उत्पादन निर्वाहमुखी नभै व्यक्तिगत वा सामूहिक लगानीमा व्यावसायिक ढंगले हुनुपर्छ, यसका लागि शहर झरेको जनशक्ति फेरि गाउँ फर्किनु जरुरी छ”–उनले भने ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिकाबाट रुपन्देही झरेका बासिन्दाले चिदिका–रुपन्देही सम्पर्क समाज गठन गरेर गोलबन्द गरेकोमा उनले समाजलाई धन्यवाद दिए ।

आफूपनि छत्रदेवकै भएको र सिंगो अर्घाखाँचीका जनताले प्रदेशसभामा विजयी गराएकाले जिल्लाको समग्र विकासमा आफ्नो चिन्ता र चासो रहेको उनले बताए ।

त्यसक्रममा उनले सडक, पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, विद्युतलगायतका क्षेत्रमा भए गरेका योजना र पहलबारे जानकारी गराएका थिए ।
अर्का प्रदेशसभा सदस्य विमला पन्थीले आफू पनि छत्रदेव र चिदिकाबासी भएकाले त्यस क्षेत्रको विकासमा लागिरहने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा समाजका अध्यक्ष पुरुषोत्तम अर्यालले आफ्नो कार्यकालमा एम्बुलेन्स खरीददेखि लिएर रक्तदान लगातयका महत्वपूर्ण सामाजिक कार्यहरु गरेको भन्दै समाजले यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

त्यस अवसरमा छत्रदेव गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रकाश राज पन्थी, समाजका सल्लाहकारद्वय अर्जुन ज्ञवाली, हाजी सम्शुद्धिन मिया, भगवति रुपन्देही सम्पर्क समाजका अध्यक्ष कुलचन्द्र पाण्डे, ठूलापोखरा रुपन्देही सम्पर्क समाजका अध्यक्ष भोजराज पाण्डे, समाजका उपाध्यक्ष रामप्रसाद ज्ञवाली, सचिव इश्वरी ज्ञवाली, कोषाध्यक्ष पिताम्बर ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एम्बुलेन्स खरीदमा सबैभन्दा धेरै सहयोग गर्ने खगराज खनाल र हाजीनी काली मियाँलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij