कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालीका १ वनकसवासामा आगलागीवाट विच्चलीमा परेका अग्नी पिडीतहरुलाई नेपाल तरुण दल र नेविसंघ छेत्र नं.-१ कपिलवस्तुले राहत वितरण गरेको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल जिल्ला कार्यसमीती र नेविसंघ छेत्र नं-१ कपिलवस्तुले घटनास्थलमा पुगेर राहत वितरण गरेको हो ।
आगलागी भएपछि वस्ने खाने ग्यारेन्ण्टी नभएका अग्नी पिडीतहरुलाई तरुणदल र नेविसंघले राती नै विस्तारा , झुल , त्रिपाल , चामल लगाएतका करिव ५० हजार वरावरको राहत साम्रागी वितरण गरेको वताएको छ ।
आगलागीवाट घर गोठ जलेको खवर संचारमाध्यमवाट सुने लगतै राहत संकलनको कार्य अगाडी वढाएको तरुण दल कपिलवस्तुका सभापति शक्तिसिंह ठकुरीले वताए ।
आगलागीवाट पिडीत भएका परिवारलाई छिटो छरितो राहत वितरण गरेको प्रति नेपाली काग्रेंसका युवा नेता अजय थापाले धन्यावाद व्यक्त गरे । साथै कांग्रेसले सदैव जनताकालागी नै कार्य गर्दै आइरहेको बताउदै थापाले दुखको समयमा साथ दिनु भनेको नै सेवा भएको र अग्नी पिडीतहरुलाई राहतको लागी अन्य निकायलाई पनि सहयोग गर्न आव्हान गरे ।
नेपाली कांग्रेस सधैव जनताको साथमा रहेको बताउदै नेका महासमिति सदस्य दुर्गा सेन ले अझ थप सहयोगका लागि लागिपर्ने बताए।
तरुण दल , नेपाली विधाथी संघको टोलीले विगतमा पनि दुखमा परेकाहरुलाई साथ दिदै आएको नेविसंघ क्षेत्र न १ का सभापति चन्द्रकान्त पोख्रेलले वताए ।
मिडियामा खबर पाउने बितिकै केही सहयोग भएपनी गर्नुपर्छ भनी रातिकै समयमा पनि सहयोगका लागि सो स्थानमै गएर सहयोग गरेको बताउदै पछि पछि समयमा अरुले पनि सहयोग गर्ने तर पिडित परिवारले तत्काल नै सहयोग उपलब्ध गराएमा राहत हुने भन्दै सहयोग गरेको बताए ।
नेपाली कांग्रेस को बिहान चन्द्रौटा अनि त्यसपछि तौलिहवा भन्दा अझ अगाडि अम्लोन्हा भन्ने ठाउमा भएको कांग्रेस को आमसभा सकेर घर आउदा त्यो न्युज सुन्ने बितिकै थकाई केही नभनि त्यहा पुगेको पोख्रेलले बताए।
सो सहयोगका लागि विशेष गरि जेसिज कपिलवस्तुका अध्यक्ष खुमानन्द घिमिरे,ईश्वर थापा,राजन आले तिलक थापा,बिनोद भुसाल,चन्द्र मल्ल,पवन थापा,लगायतका चन्द्रौटाका नेविसंघ र तरुण दल लगायतले सहयोग गरेका थिय।
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्