घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघाहा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् ।
मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताईन् । समूहको करीब १० लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना ९रिझम०को रु ११ लाख ५५ हजारमा लसुन र प्याजखेती थालिएको हो ।
टोलका २२ महिला आवद्ध सो समूहले लसुन र प्याज खेती गर्न दुई ट्याक्टर, एउटा पम्पसेट, डिजिटल काँटा एउटा, १० स्प्रे ट्याङ्की खरीद गरेको छ ।
यसअघि गरिएको च्याउ खेतीबाट मनग्य आम्दानी भएपछि लसुन खेतीमा लागेको समूहका कोषाध्यक्ष जानकी चौधरीले बताईन् ।
समूहमा लागेर च्याउ, लसुन र प्याज खेती मात्र होइन सामूहिक रुपमा धान काट्न, मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामूहिक रुपमा गर्दै आएको उनीहरुले बताए । सो रकम समूहमा जम्मा गरिने र आवश्यक परेको समयमा सस्तो ब्याजदरमा ऋण लगानी गर्ने गरिएको चौधरीले बताईन् ।
महिलालाई सामूहिक रुपमा खेती गर्न सहयोग गरिएको साना कृषि आयस्तर परियोजनाका कार्यक्रम संयोजक रिप्रसाद शर्माले बताउनुभयो । आयोजनाले हाल च्याउ, लसुन, मसुरो, माछापालनलगायत क्षेत्रमा रु ३३ करोड लगानी गरिएको छ ।
आयोजनाले समूहलाई ८० देखि ९० प्रतिशतसम्म, सहकारीलाई अधिकतम ६५ प्रतिशत तथा व्यक्तिलाई ५० देखी ६५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्