JanataToday.com

Advertisment

SKIP THIS

शुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग

शुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग

बुटवल । राणाकालमा मारिएका सुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग गरिएको छ । शुकदेव गुरुङ राष्ट्रिय कार्यदलले मंगलबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गरी शहीद घोषणाको माग गरेको हो ।

राणा शासन विरोधी आन्दोलनका क्रममा जेलमै मारिएका गुरुङलाई सरकारले अहिलेसम्म शहीद घोषणा नगरेर अन्याय गरेको कार्यदललका प्रवक्ता धनबहादुर गुरुङले बताए ।

राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष जेल जीवन बिताएका गुरुङ वि. सं. १९३३ चैत १० गते जेलभित्रै मारिएका थिए ।

शुकदेवलाई विगतदेखि नै शहीद घोषणाको माग गर्दै आएको र प्रदेश सभा बैठकमा सांसदहरुले समेत यो विषय उठाए पनि सरकारले बेवास्ता गरेको गुरुङले गुनासो गरे ।

कार्यक्रममा हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष बिमला गुरुङले दुर्घटनामा मृत्यु हुने राजनीतिक दलका कार्यकर्तालाइ शहीद घोषणा गर्ने, तर देशको परिवर्तनमा योगदान दिनेलाई शहीद घोषणा किन नगर्ने भन्दै प्रश्न गरेकी थिइन् ।

भैरहवा बर्मेलीटोलमा शुकदेवको शालिक रहेकाले उक्त चोकलाई ‘शुकदेव चोक’ नामाकरण गर्न पनि कार्यदलले माग गरेको छ ।

शुकदेवलाई शहीद घोषणा गर्न दबाव दिने उद्देश्यले कार्यदलले बिभिन्न कार्यक्रम घोषणा गरेको छ ।

चैत ८ गते प्रदेश ५ का मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सोही दिन जातीय संघ-संगठनको सहभागितामा सर्वदलीय-सर्वपक्षीय अन्तर्क्रिया गर्ने, १० गते भैरहवाको बर्मेलीटोल चोकमा १४२ औं स्मृति दिवस मनाउने लगायतका कार्यक्रम रहेको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij