बुटवल । होली पर्वलाई भड्किलो नबनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।उनिहरुले पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले होली मनाउन सुझाब दिए ।
सञ्चारिका समुह लुम्बिनीले आज बुटवलमा आयोजना गरेको होलीको मौलिकता र विकृति विषयक अन्तर्किया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी होली मनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य तथा कांग्रेसका सचेतक निर्मला क्षेत्रीले रमाइलोका नाममा उच्छृङ्खल गतिविधि गर्न नहुने धारणा राखिन ।
प्रदेश सभाका अर्का सदस्य थान कुमारी थापाले होलीको मौलिकता र संस्कृति जोगाउदै चाड मनाउन अनुरोध गरिन । चाडपर्वका नाममा हुने विकृति र विसंगती अन्त्य गर्न जरुरी रहेकोमा उनले जोड दिईन ।
कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विकले होलीका नाममा कसैको भावनामा चोट पुर्याउने काम गर्न नहुने धारणा राखिन ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद राजेन्द्र कुमार आचार्यले पछिल्लो समय होली मनाउने नाममा अत्याधिक मदिराजन्य वस्तुको प्रयोगले समस्या भएको बताए ।
पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले होली आपसी सदभाव र एकताको पर्व भएकाले यसलाइ भड्किलो बनाउन नहुने धारणा राखे ।
उहाँले सबैको धर्म र संस्कृति स्विकार गर्दै मनाइने होली पर्वले आपसी सदभाव र एकताको बाटोमा डोर्याउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्लले कसैको आत्मसम्मानमा चोट नपुग्ने गरी सभ्य तरिकाले होली मनाउन आग्रह गरे ।
प्रकाशित मिति : बुधबार, चैत्र ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्