JanataToday.com

Advertisment

SKIP THIS

निग्रोधाराम उत्सव सम्पन्न,पुरातात्विकस्थलको विकासमा प्रदेश सरकारले चासो लिन्छ:मन्त्री गिरी

निग्रोधाराम उत्सव सम्पन्न,पुरातात्विकस्थलको विकासमा प्रदेश सरकारले चासो लिन्छ:मन्त्री गिरी

कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक निग्रोधाराम उत्सव सम्पन्न भएको छ । शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृह नगर कपिलवस्तु आएको दिनको स्मरण गर्दैहिजो कुदान क्षेत्रमा उत्सव मनाईएएको हो ।

उत्सवको उद्घाटन गर्दै प्रदेश नं.५ का पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री लीला गिरीले लुम्बिनीको विकाससँगै अब कपिलवस्तुका बौद्धकालीन पुरातात्विक स्थलको विकासमा प्रदेश सरकारले विशेष चासो लिएको बताएका छन् ।

बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई व्यवस्थित गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्यको रुपमा स्थापित गरिने मन्त्री गिरीले बताए । मन्त्री गिरीले दश वर्षभित्र देशको प्रमुख अर्थतन्त्र पर्यटनमा आधारित हुने बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भगवान बुद्ध, यहाँ हुर्केका एक बालक बुद्ध भएर फर्किँदा पहिलो चोटी आफ्नो नगर आउँदा भनेर सुरुवात गरेको पुण्यतिथिलाई लिएर र निग्राधारामको महत्वलाई उजागर गर्न उत्सवको आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु दीर्घनारायण पाण्डेय, धर्मबहादुर लाल श्रीवास्तव, रुन्धावती दुवे, रिना नेपाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij