आज विश्वमौसम दिवस, आज २०७५ चैत्र ९ गते शनिवार तदनुसार २३ मार्च २०१९ काे राशिफल

जनता टुडे / शनिबार, चैत्र ९, २०७५

आज मिति २०७५ चैत्र ९ गते शनिवार तदनुसार २३ मार्च २०१९ विरोधकृतनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , चैत्रकृष्णपक्ष, तिथिः– तृतीया ५० घडी १२ पला, रात्रि २ वजेर १२ मिनेटसम्म , नक्षत्र चित्रा १५ घडी ४ पला, दिनको १२ वजेर ९ मिनेट सम्म, योग – व्यघात, करण – वणिज आनन्दादीयोग – काण, चन्द्रमा – तुला राशिमा, सूर्य– मीनराशिमा , बृहस्पति – धनुराशिमा, सूर्य उदय विहान ६ वजेर ७ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर १६ मिनेटमा ।

आज विश्वमौसम दिवस ।

चन्द्रमा – पश्चिममा छन् ।
योगिनी – आग्नेय दिशा ।
कालराहु – पूर्व दिशामा ।
दिशाशूल– पूर्वदिशामा ।

राहुकाल – बिहान ९ वजेर ८ मिनेट देखि १० वजेर २९ मिनेट सम्म । अशुभ
यमघण्टा –दिनको १ वजेर ४२ मिनेट देखि ३ वजेर १३ मिनेट सम्म । अशुभ
गुलीककाल– बिहान ६ वजेर ६ मिनेट देखि ७ वजेर ३७ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ४६ मिनेट देखि १२ वजेर ३५ मिनेट सम्म ।

शुभवारलेला
काल वेला विहान ६ वजेर ६ मिनेट देखि ७ वजेर ३७ मिनेट सम्म ।
शुभ वेला विहान ७ वजेर ३७ मिनेट देखि ९ वजेर ८ मिनेट सम्म ।
रोग वेला विहान ९ वजेर ८ मिनेट देखि १० वजेर ३९ मिनेट सम्म ।
उद्वेग वेला विहान १० वजेर ३९ मिनेट देखि दिनको १२ वजेर ११ मिनेट सम्म ।
चर वेला दिनको १२ वजेर ११ मिनेट देखि दिनको १ वजेर ४२ मिनेट सम्म ।
लाभ वेला दिनको १ वजेर ४२ मिनेट देखि ३ वजेर १२ मिनेट वजे सम्म ।
अमृत वेला दिनको ३ वजेर १३ मिनेट देखि ४ वजेर ४४ मिनेट सम्म ।
काल वेला ४ वजेर ४४ मिनेट देखि ६ वजेर १५ मिनेट सम्म ।

मेष – (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन हजुरको बिचार खेति गर्ने दिन रहेको छ, सार्वजनिक कार्यले समाजमा प्रतिष्ठित हुने अवसर जुट्ला । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नुहुने छ । साथीभाइ सँगको मेल जोलले प्रशन्नतामा बृद्धिहोला । धनको दिशामा गरिएको प्रयास सफल होला ।

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ, व्यपारको लागी अतिनै उत्तम दिन रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला । बोलीको प्रभाव बढेर जाला । बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)

धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ, साथीभाइ सँग रामाईलो गरिनेछ, मिष्ठान भोजनको अवसर जुट्नसक्छ । शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरुको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सगँ सावधान रहनु राम्रो हुन्छ ।

कर्कट – (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरु सगँ वाद विवाद हुने सम्भावना रहेकाले कमा वोल्नु राम्रो होला । पढाई लेखाइमा मन जने छैन । व्यावसायमा मन्दी आउनेछ ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रतिस्पर्धा बढेपनि नयाँ कामको सुरुवाद गरिनेछ, बौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला, मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन बिधामा लागेका हरुको लागि अतिनै राम्रो दिन रहन्छ ।

कन्या – (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

आजको दिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला, जागिरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ । कला तथा गला धनीहरुका लागि सुनौलो अवसर आउनेछ ।

तुला – (रा,री,रु,रे,रो,ता,ती,तू,त)

शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त अनुभव गरीएला । पद प्रतिष्ठामा बृद्धिले मन प्रशन्न होला, मित्र तथा पारिवरिक सदस्यहरु सँग आनन्दको समय व्यतित हुनेछ । मनमा उठ्ने नकारात्मक विचारहरु समाप्त भएर जाने छन्, ठुला व्यक्ति सँग सम्पर्क बढेर जाला ।

बृश्चिक – (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज तपाँईको मनमा डर त्रासले वासगर्ने सम्भावना छ, मान हानी हुनसक्छ अतः साबधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ ।

धनु – (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साथी भाइसँग रमणीय स्थलको यात्रा गर्न सकिनेछ, बिद्यामा रुचि,दाजुभाई बाट सहयोग मिल्लनेछ । पति पत्नीको विचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका आउनेछ, आजको दिन तँपाइले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापारी तथा जागिर गर्ने हरुका लागी आजको दिनले सफलता दिनेछ, पूर्व सञ्चित योजनाहरु कार्यन्वयन हुनेछन् । पिता तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिन्छ,परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको दिन तँपाइले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मि हरुको सहयोग भरपूररुपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रशन्नता बढउनेछ । धार्मिक यात्रा गर्ने मानसिकता पैदा होला बिद्या तथा प्रेममार्ग सफल ।

मीन – (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरुलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कामबाट परै रहनुपर्नेछ । आजको दिन ठुलो लगानि वाट वच्नु पर्ने हुन्छ । कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ ।