कपिलवस्तु– कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि आक्रमण भएको छ।
शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।
वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ सुसरीया पुल नजिकै गोली प्रहार भएको हो।
यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए। देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
सोही गाउँपालिकामा नेकपाका नेता दीपेन्द्र चौधरी (राजाबावु)को गोली हानी हत्या भएको थियो।
प्रकाशित मिति : बिहिबार, साउन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्