गुन्डा नाइके मनोज पुनका अर्का सहयोगी पक्राउ

गुन्डा नाइके मनोज पुनका अर्का सहयोगी पक्राउ

बुटवल- प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको अर्का सहयोगी पक्राउ परेका छन्। रुपन्देही बुटवल उपमहानगरपालिका-१७ का चौधरी डंगोरिया थारु पक्राउ परेकाे रुपन्देही प्रहरीले जनाएको छ।

पक्राउ परेका थारु बलु भनिने बसन्त पौडेलको हत्या योजनामा संग्लन रहेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

पौडेलको हत्यामा संलग्न भइ फरार रहेका ओमप्रकाश चौधरी भन्ने बुटवल उपमहानगरपालिका १७ मनहरापुरका ५१ वर्षीय चौधरी डंगोरिया थारु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी पौडेलको हत्यामा संलग्न भइ विभिन्न लुटपाटका घटनामा समेत संलग्न भएको प्रमाणका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनीविरुद्ध २०७४ फागुन ९ गते देवदह भवानीपुरमा वसन्त पौडेलको हत्यामा संलग्न भएको, २०६५ असार ९ गते शरदमान श्रेष्ठलाई अपहरण गरी बन्धक बनाएको, २०७५ चैत १२ गते तिलोत्तमा ३ का रमेश चौधरीलाई झुक्याएर १० लाख रुपैयाँ लुटेको जस्ता उजुरी छन् ।

भैरहवाबाट बिहीबार पक्राउ परेका चौधरीविरुद्ध प्रहरीले डाँका मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij