काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई २८६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो ।
नेपालले पहिलो ओभरको पहिलो बलमा नै ओपनर रित गौतमलाई गुमाएको थियो । त्यसपछि खेलको चौथो ओभरको पाँचौं बलमा नेपलले पवन सराफलाई दोस्रो विकेटको रुपमा गुमायो । दुवैजनाले रन भने बनाउन सकेनन् ।
नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङलाई सम्हालेका थिए । १८ ओभर २ बलमा आसिफ ४५ रन बनाउँदै आउट भए । त्यसपछि ३२ ओभर ४ बलमा रोहित कुमार पौडेल ६७ रन बनाउँदै आउट भए ।
उनले ८४ बलमा ९ चौका र १ छक्काको सयोयोमा यो योगफल तयार पारेका हुन् । रोहितपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ४८ रन बनाएर आउट भए । भिम सार्की भने तीन बल खेल्दै एक रन बनाएर आउट हुन पुगे ।
नेपालका लागि राशिद खानले ४४ रन बनाउँदा कमलसिंह ऐरीले ४१ रनको योगदान गरे । कुशल मल्लले २२ रन बनाए ।
बलिङतर्फ यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै पलनिपल मेयापनले दुई विकेट लिँदा रिशभ मुखर्जीले समान एक–एक विकेट लिए ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्