काठमाडौँ– नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएकाे हाे। नेपालकाे जितका लागि सावित्रा भण्डारीले एक गोल गरिन्। पहिलो हाफ गोलरहित बनेको खेलमा सावित्राले खेलको ८६ औँ मिनेटमा गोल गरेकी हुन्।
नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गालले पराजित गरेको थियो भने सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।
उपाधिका लागि नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। उज्वेकिस्तान आफ्ना दुई खेलमा लगातार विजयी हुँदै यसअघि नै फाइनल पुगिसकेको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्