काठमाडौ ।
चिकित्सा शिक्षा सुधारका लागि भन्दै स्थापना गरिएको राष्ट्रिय चिकित्सा शिक्षा आयोगका लागि चार निर्देशक सिफारिस भएका छन्। राष्ट्रिय योजना आयोगकी सदस्य डा उषा झाको नेतृत्वमा बनेको तीनसदस्यीय निर्देशक सिफारिस समितिले २६ जना आवेदकबाट ४ जनाको नाम निर्देशकका लागि सिफारिस गरेको हो। समितिका एक सदस्यका अनुसार समितिले निर्देशकका लागि हाल प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका फिजिसियन तथा वरिष्ठ कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मा, डा रमेश आचार्य , डा आरपी शाह र डा शंगरत्न बज्राचार्यको नाम सिफारिस गरिएको छ। वरिष्ठ कलेजो रोग विशेषज्ञ डा शर्मा मेडिकल काउन्सिलका पूर्व(रजिष्ट्रारसमेतहुनुहुन्छ । यस्तै, डा आचार्य शिक्षणमा कार्यरत छन् भने डा शाह वीर अस्पतालका अंकोलोजिष्ट हुनुहुन्छ ।। यस्तै, निर्देशकका लागि सिफारिस भएका डा शंगरत्न बज्राचार्य शिक्षण अस्पतालमा फर्माकोलोजिस्टका रूपमा कार्यरत हुनुहुन्छ ।। झा नेतृत्वको सिफारिस समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका अर्का निजी चिकित्सकसमेत रहेका डा अरुण सायमी र महाश्रम शर्मा सदस्य रहेनुभएको थियो । आयोगमा चारजना निर्देशक रहने कानुनी व्यवस्था छ। सोहीअनुसार समितिले चारजनाको नाम सिफारिस गरेको हो। निर्देशक आयोगका उपाध्यक्षले नियुक्त गर्नसक्ने प्रावधान भएपछि समितिले सिफारिस गरेका नाम उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी प्रधानमन्त्री केपी शर्मा ओलीसंगको परामर्शपछि मात्रै टुंगो लगाउने योजनामा हुुनुहुन्छ। यता, उपाध्यक्ष प्राडा गिरीका अनुसार आफूलाई सिफारिस गरिएको निर्देशकहरूको नाम पत्रमा आए पनि आफूले क(कसको नाम छ भनेर खोलेर नहेरेको बताउनुभयो।
प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्