कावासोती मंसिर २।नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० ले शुरु गरेको धार्मिक जागरण रथ यात्रा नवलपुर आइपुगेको छ । सोमबार विहान रथ यात्रा कावासोती आइपुगेको थियो ।
सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल र नेपाली आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० ले जनकपुरबाट धार्मिक जागरण यात्रा शुरु गरेको हो । यात्रा मंसिर ४ गते लुम्बिनी पुगेर सकिने छ ।
सोमबार विहान कावासोती आइपुगेको धार्मिक यात्रालाई कावासोतीमा सम्बोद्धन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० का केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबराले नेपालीको पहिचान हिन्दुराष्ट्र भएकोले नेपाललाई हिन्दु राष्ट्र बनाउन सबै लागि पर्नु पर्नेमा जोड दिनुभयो ।
जबराले नेकपा र नेपाली काँग्रेसले संविधानमा धर्मनिरपेक्षता लादेर नेपाल र नेपाली जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा राप्रपा संयुक्तका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेले धार्मिक यात्रा पछिको आन्दोलन निर्णयक हुने दावी ग र्नुभयो
।
कोण सभा राप्रपा संयुक्तका नवलपुर अध्यक्ष दाताराम पाण्डेको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्