तिलोत्तमा ।
कालापानी र लिपुलेकमाथि भारतले गरेको अतिक्रमणविरुद्ध महाकाली–मेची यात्रामा हिंडेका तीनजना साईकल यात्री आज रुपन्देही आइपुगेका छन् । भैरहवा मेडिकल कलेजमा अध्ययनरत तीनजना युवा आज दाङ हुँदै रुपन्देही आइपुगेका हुन् । रुपन्देहीमा साईकल यात्रीहरुलाई नमस्ते नेपाल एकेडेमी शंकरनगरले स्वागत गरेको एकेडेमीका अध्यक्ष अर्जुन खरेलले बताउनुभयो ।
महाकालीका २४ वर्षिय प्रजन्न घिमिरे, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निबासी २१ व्र्षिय विनय अर्याल र भरतपुर उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षिय उपकार पौडेलले कालापानी र लिपुलेक हाम्रो हो भन्ने मूल अभियानका साथ महाकाली–मेची साईकल यात्रामा निस्केका हुन् ।
महाकालीको चाँदनी दोधारा झोलुङ्गे पुलबाट महाकाली–मेची साईकल यात्रा अभियान सुरु गरेको यात्री उपकार पौडेलले जानकारी दिनुभयो । स्वास्थ्यको लागि साईकल, पर्यटनको लागि साईकल र नेपाल भ्रमण वर्ष २०२० र छिमेकी राष्ट्र भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भुभाग अतिक्रिमण गरेको भन्दै महाकाली–मेची यात्रा अभियान सुरु गरेको यात्री विनय अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्