सिद्धबाबामा सुरुङ मार्ग बन्ने पक्का,सुरुङमार्गलाई १० अर्ब दिन अर्थ मन्त्रालयको सहमति

सिद्धबाबामा सुरुङ मार्ग बन्ने पक्का,सुरुङमार्गलाई १० अर्ब दिन अर्थ मन्त्रालयको सहमति

काठमाडौं ।
बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रको पहिरो छल्न सरकारले सुरुङ मार्गको प्रकिया अघि बढाएको छ।सुरुङमार्ग निर्माणलाई अघि बढाउने मन्त्रिपरिषद्‍ले बाटो खोलिदिएपछि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको सहमति दिएको छ। मंसिर १ मा बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माणका लागि प्रकिया अघि बढाउन सहमति दिएको थियो। यसअघि १५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनको लागि आवश्‍यक १० अर्ब १५ करोड रुपैयाँ सुनिश्‍चितता गर्न आग्रह गरेको थियो। यो प्रस्ताव अर्थमन्त्रालयले आइतबारको मन्त्रिपरिषद् बैठकमा लगेपछि स्वीकृति पाएको हो।
१।२४ कलिोमिटर लामो सुरुङ बनाउन मध्यमकालीन खर्च संरचनाभित्र रहने १० अर्ब १५ करोडको स्रोत सुनिश्चित गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
सिद्धबाबाको पहिरो छल्न बनाइने सुरुङमागृको स्वीस सरकारको सहयोगमा अध्ययन भएको थियो । अध्ययनले सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने देखाएको थियो ।
अब अर्थ मन्त्रालयले स्रोतको जोहो गरेपछि परियोजना अगाडि बढाउन सडक विभागलाई बाटो खुलेको छ ।
सडक विभागले परियोजनालाई डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्ने गरी ठेक्का लगाउन सक्छ । सुरुङमार्ग बनाउन करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ ।
बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका गाडी गुड्छन् । यहाँ खसेको पहिरोमा परेर थुप्रैको ज्यान लिइसकेको छ । नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ । बर्खामा हिले पहिरो र हिउँदमा धुले पहिरोले यो सडकमा बर्सेनि हुने दुर्घटनामा परि कैयौँले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij