JanataToday.com

Advertisment

SKIP THIS

फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल आज हुँदै

फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल आज हुँदै

काठमाडौ ।
फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल आज हुँदैछ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टिमका प्रशिक्षक योहान कलिनले कुवेतसँग अंक खोस्ने दाबी गरेका छन् ।
दशरथ रंगशाला पूनर्निमाण नसकिएको कारण नेपालले कुवेतसँगको घरेलु खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल्न लागेको हो । खेलका लागि भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहित चार जना मुख्य खेलाडी नाइट क्लबमा गएको पाइएपछि उनीहरु बर्खास्तमा परेका छन् । उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध खेलाडीबाट नै राम्रो नतिजा निकाल्ने विश्वास प्रशिक्षक कालिनको छ ।
छनोट चरणमा कुवेतविरुद्धको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । चार अवे खेलमा १ खेल मात्र जितेको नेपाल ३ अंकसहित तालिकाको चौथो स्थानमा छ । शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ ।
चाइनिज ताइपेईलाई २–० ले हराएपछि नेपालले खेलेको तीनवटै खेलमा पराजय भोगेको छ । नेपाल अष्ट्रेलियासँगग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
कुवेतविरुद्धको खेलको तयारी स्वरुप म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले नै हारेको थियो ।
मंगलबार नै जोर्डन र चाइनिज ताइपेई पनि खेल्देछन् । यो खेल जोर्डनमा नेपाली समय अनुसार साँझ पौने आठ बजे हुनेछ । चार खेल सकिँदा चाइनिज ताइपेई जितविहीन छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij