बझाङ ।
बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।आज बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्यस्तै प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्पबाट क्षति भने नभएको खप्तडछन्ना गाउँपालिका(१ का वडाअध्यक्ष हिक्मत खत्रीले जानकारी दिनुभयो ।
बझाङको खप्तड केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका केही भागमा समेत महसुस गरिएको इण्डिया टुडेले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्