JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग वाणिज्य संघमा ‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी काम तिब्र

बुटवल उद्योग वाणिज्य संघमा ‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी काम तिब्र

 

बुटवल।
बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ अन्तरगत तयारीका काम तिब्र रुपमा अंगाडी बढेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको उत्तर तर्फ सञ्चालन हुने मेलाकालागि मेला स्थलमा पूर्वाधार निर्माणको काम भईरहेको छ भने, सचिवालयमा स्टल दर्ता लगायतका कामहरु तिब्र रुपमा अंगाडी बढेको संघले जनाएको छ ।
मेला सञ्चालन गर्नकालागि गठित उपसमितिलेहरुले आफ्नो समितिलाई पूर्णता दिने र ती उपसमितिहरु समेत विषयगत कार्यमा केन्द्रित भएर तयारीका काम गरिरहेका छन् । यस अंगाडीका वर्षहरुमा मेला सञ्चालन हुँदै आएको बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएकाले संघले नयाँ स्थान बुटवल देवीनगरमा मेला गर्ने तयारी गरेको हो ।
मेला सञ्चालन गर्ने स्थान नयाँ भएकाले पूर्वाधार निर्माणका काम पनि शुन्यबाट सुरु गर्नुपर्ने भएकाले संघको मेला सचिवालयले सोही ढंगबाट तयारीका कामहरु गर्दै आएको संघका अध्यक्ष तथा मेला व्यबस्थापन मुल समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा गरेको थियो । त्यसबाहेक बिशिष्टिकृत रुपमा संघ तथा संघ मातहतका बस्तुगत समितिहरुले कृषि मेला, जुत्ता तथा मोवाईल मेला सञ्चालन गर्दै आएका छन् ।
उद्योगबाट उत्पादित वस्तुहरुलाई प्रत्यक्ष रुपमा उपभोक्ताको बिचमा लैजानकालागि पुलको रुपमा स्थापित मेलाबाट त्यसबाहेक कृषिको बिकासमा आधुनिकीकरण तथा बिविधीकरण, उद्यमशिलता बिकास, रोजगारी प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिईने उहाँले बताउनु भयो । आगामी पुसको ९ गतेदेखि २३ गतेसम्म १५ दिन सञ्चालन गरिने मेलामा विषयगत रुपमा छुट्टा छुट्टै पेभिलियनमा ५ सय स्टल राखिने संघले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij