भैरहवा क्षेत्रको विकासका लागि पर्यटन अपरिहार्य

भैरहवा क्षेत्रको विकासका लागि पर्यटन अपरिहार्य

भैरहवा,

भैरहवा क्षेत्रको विकास पर्यटनबाटै हुने सरोकारवालाले औल्याएका छन् । उनीहरुले सिद्धार्थ नगरपालिकाले सोहीअनुसारको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिए । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई समयमै सकी योजना अघि सार्नुपर्नेमा सुझाव दिए ।
नगरपालिकामा नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना (एलपीईडी) लागू भएको छ । परियोजना कार्यान्वयन अन्तर्गत नगरपालिकाभित्र रहेका विभिन्न आर्थिक सम्भाव्यता र आयका अवसरहरु प्रदान गर्ने क्षेत्रहरु एवं मूल्य श्रृंखलाहरु पहिचान गर्न पहिलो चरणको कार्य प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण (पीएसीए) मार्फत काम सुरु गर्न लागिएको छ । नगरपालिकासँग मिलेर जीआईजेडले यसको अगुवाई गरिरहेको छ ।

सम्भाव्यता अध्ययन र लगानीका योजना छनौटबारे आज नगरपालिकाले भैरहवा क्षेत्रका राजनीतिकदल, नागरिक समाज, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले नगरको विकासको आधार पर्यटन क्षेत्र नै भएको बताउनुभयो । उहाले कृषि, उद्योग व्यवसायसँगै पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढ्न र त्यसतर्फ लगानी बढाउन ननगरपालिकालाई आग्रह गर्नुभयो। पर्यटक व्यवसायी किशोर जोशीले लुम्बिनीको काखमै सिद्धार्थनगर भएकाले यहाँको समृद्धिको आधार पर्यटन हुनसक्ने औल्याउनुभयो । उहाले सबैभन्दा बढी पर्यटक सिद्धार्थनगरबाट भित्रिने र ती पर्यटकलाई यहाँ भुलाउन पर्यटकीय गतिविधिका काम गरिनु पर्नेम जोड दिनुभयो ।

सामाजिक अगुवा भरतकुमार पोखेर, उद्योगी मंगल भण्डारी, पत्रकार शंकर पाण्डे लगाएतले पनि नगरपालिकाले पर्यटन क्षेत्रलाई नै प्राथमिकता दिनुपर्ने दताएका थिए। त्यससँगै नगरमा कृषि पकेट क्षेत्र छुट्याएर व्यवसायिक कृषि गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । यस्तै, भैरहवा औद्योगिक क्षेत्र भएकाले उद्योगधन्दा विकासको वातावरण बनाउन समेत उनीहरुले आग्रह गरे । यहाँ गरिने सबै किसिमको लगानी सुरक्षित रहेको उनीहरुको भनाई छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकाले पनि पर्यटक क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाले डण्डा नदीको छेउमा बुद्धत्व झल्कने पर्यटकीय गेट बनाउन लागिएको, वडा नं. २ र ३ मा पर्यटकीय पार्क बनाउन लागिएको, भैरहवाको मुख्य सडकमा बुद्ध मूर्ति राख्ने काम भइरहेको, बहुउद्देश्यीय डण्डा कोरिडोरको योजना ल्याइएको बताउनुभयो । छलफलमा उठेका सुझावहरु आफूहरुले कार्यान्वयन तहमा लैजाने बताउनुभयो

उपप्रमुख उमा काफ्लेले छलफलमा उठेका सुझावहरुलाई आगामी वर्षको योजनातर्जुमाका लागि समेत सहयोगी दस्तावेज हुने अपेक्षा रहेको जानकारी दिनुभयो । विश्लेषणबाट पहिचान गरिएका क्षेत्रहरु नगरपालिकाको आर्थिक विकासका गतिविधिहरुका लागि सहयोगीसिद्ध हुने उहाले बताउनुभयो । छलफलले स्थानीय अर्थव्यवस्था र सम्भाव्यताको लेखाजोखा गर्नुका साथै स्थानीय अर्थव्यवस्थालाई उत्प्रेरित गर्ने क्रियाकलापहरुको पहिचान गर्ने जीआईजेडका आर्थिक विकास शाखाका प्राविधिक सल्लाहकार सुरेश बरालले बताउनुभयो । उहाले कार्यक्रमको उद्देश्य नै स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुका साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु भएको बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij