बुटवल-अभिनेता सौगातको मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति सरेको छ । महाशिवरात्रीको अवसर पारेर फाल्गुन ९ मा प्रदर्शन मिति घोषणा गरेको फिल्म दुई महिनापछि सरेर नयाँ वर्षको वैशाख ५ मा प्रदर्शन हुने भएको छ ।
भिएफएक्सको काम नसकिएको कारणले फिल्मको प्रदर्शन मितिलाई दुई महिना सार्नु परेको फिल्मका निर्देशक मुकुन्द भट्टले बताए । फाल्गुन ९ को दिन दीपेन्द्र खनाल निर्देशित फिल्म ‘आमा’, बिराज भट्ट निर्देशित फिल्म ‘साङलो’ र धुर्मु–ससुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ रिलिज हुने भएको छ । एउटै मितिमा ४ फिल्मको भिडन्त हुने भएकाले ‘लप्पन छप्पन २’ सरेको हुनसक्ने अनुमान लगाइएको छ ।

फिल्मको छायांकन सकिएपनि फिल्मका अन्य काम नसकिएका कारणले फिल्म सारेको निर्माण टिमले बताएको छ । फिल्ममा सौगातका साथ अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, देव कुमार, सुरविना कार्की, सृजना सिनाललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने भएका छन् । फिल्मको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् । फिल्मको नाम र कलाकार दोहोरिए पनि फिल्मको कथा बेग्लै हुने निर्माण टिमको दाबी रहेको छ ।
पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा निर्मातामा चिज कुमार श्रेष्ठ र प्रजापति सिवाकोटी, सहनिर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना र रकार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मलकुमार मिश्र रहेका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्