JanataToday.com

Advertisment

SKIP THIS

न्यु होराईजन अन्तर मावि जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको उपाधि होराईजन जिविएसलाई

न्यु होराईजन अन्तर मावि जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको उपाधि होराईजन जिविएसलाई

 

बुटवल,
रुपन्देहीमा सम्पन्न न्यु होराईजन अन्तर मावि जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको दशौ संस्करणको उपाधि आयोजक होराईजन जिविएसले जितेको छ । आज भएको फाइनल खेलमा न्यु होराईजन माबिलाई ७ रनले पराजित गर्दै होराईजन जिविएसले उपाधि चुमेको हो । उपाधिसंगै होराईजन जिविएसले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता न्यु होराईजन नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा न्यु होराईजनका प्रकाश गिरी म्यान अफ द सिरिजबाट पुरस्कृत भए । यसैगरि न्यु होराईजनकै अमर मिश्रा उत्कृष्ट ब्याट्सम्यान तथा होराईजन जिविएसका सुरज खड्का उत्कृष्ट बलरबाट पुरस्कृत भए ।
न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको खेलमा टस जितेर होराईजन जिविएसले पुरै ओभरमा ७ विकेटको नोक्सानीमा ९० रन बनाएको थियो । जिविएसका लागि निश्चल पराजुलीले नटआउट २४ तथा विजय श्रेष्ठले ८ रन रन जोडे । कम स्कोरलाई पछ्याएको न्यु होराईजनका ब्याट्सम्यान १९.३ ओभरमा केवल ८३ रनमा समेटिएको थियो । न्यु होराईजनका मदन खरेलले २१ तथा प्रकाश गिरीले १२ रन बनाए । होराईजन जिविएसको जितमा विजय श्रेष्ठले ४ विकेट लिए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । एक कार्यक्रमका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, क्रिकेट एसोसियसन अफ नेपालका केन्द्रिय सदस्य प्रशान्तविक्रम मल्ल, अन्तराष्ट्रिय अम्पायर सन्जय गुरुङ, विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, खेलका संयोजक शक्ति गौचनले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij