बुटवल ।
गैर सरकारी संस्था महासंघ प्रदेश ५ द्धारा आज बुटवलमा आयोजित संघ संस्था दर्ता ऐन २०७५ को सन्दर्भमा सरोकारवालाहरुबीचको अन्तरसंवाद कार्यक्रमआज सम्पन्न भएको छ । प्रदेश नं ५ का उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कानूनमा केही कमि कमजोरीहरु छन् भने छलफल गरेर परिमार्जन गर्न प्रदेश सरकार तयार रहेको भन्दै उनले एक दुई कमि कमजोरीहरु लाई देखाएर सरकारले गरेका राम्रा कामहरुलाई आझेलमा पार्ने काम भएको प्रति असन्तुष्टि जनाउनभएको थियो । कानूनमा देखिएका कमि कमजोरीहरु परिमार्जन गर्न सकिने तर कानूनमा केहि कमि कमजोरीहरु भएकै भरमा यो कानून मान्दैनौ भनेर भन्न नपाइने उहाको भनाइरहेको छ
कार्यक्रममा प्रदेशसभा सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेयले संघ संस्था दर्ता ऐन माथि समितिमा पनि व्यापक छलफल भएको कमि कमजोरीहरु भए संसोधन वा परिमार्जन गर्न सकिनेबताउनुभयो ।
मानबअधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेलले संघ संस्था दर्ता ऐन पञ्चायती शैलीमा आएको भन्दै सामाजिक विकास ऐन ल्याउनु पर्नेबताउनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप सचिब हरिसिं धामी,कानूनमा केही कमि कमजोरीहरु छन् भने छलफल गरेर परिमार्जन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।गैर सरकारी संस्था महासंघ प्रदेश नं ५ का सह इन्चार्ज देबीलाल लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा माहुरी होमका अध्यक्ष रबिन्द्र ठाकुर लगायतले ऐनको बिषयमा आ आफ्नो भनाई राख्नुभएको थियो
प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्