जनजागृति माबि शिद्धाराको ब्यवस्थापन समिति गठन अध्यक्षमा केसी

जनजागृति माबि शिद्धाराको ब्यवस्थापन समिति गठन अध्यक्षमा केसी

 

गोबिन्दा रसाइली
शितगंगा

शितगंगा १० सिद्धारामा रहेको कक्षा १२ सम्म अध्यन हुने जनजागृति माबि बोखरको विद्यालय ब्यवस्थापन समिति गठन भएको छ । लामो समय सम्म हुन नसकेको समिति गठन आज सम्पन्न भएको छ ।
भिम केसीको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन भएको छ । जस्को पदेन सदस्य हिम्मत पोखेल सदस्यहरुमा बालकृष्ण बेल्बासे,डालकुमारी भण्डारी,शालिकराम पोख्रेल,रेनु बेल्बासे ,बिमला मल्ल सदस्य सचिव प्रअ रोमाखर बन्जाडे रहेका छन ।
पदभार ग्रहण गर्दै के।सीले अभिभावकहरुले विद्यालय प्रति दिएको जिम्मेबारी कुनै पनि हालतमा पुरा गर्ने बताउनु भएको छ ।
पहिलो चरणमा बिद्यालयमा निमार्ण हुँदै गरेका छात्रावास तथा भौतिक संरचनाको निर्माण सम्पन्न गर्नेमा ध्यान पुराउने त्यस्तै विद्यालयको शौचालय निर्माण गर्ने प्रतिबद्धता ब्यत्त गर्दै विद्यालयको शौक्षिक गुणस्तरलाइ बिगतको जस्तै उच्च बनाउन कुनै कसुर बाँकी नराख्ने केशीले बताउनु भयो ।
वडा नम्बर १० रहेका २ माबिको विद्यालय ब्यवस्थापन समिति गठन लामो समय सम्म रोकिएकोमा २ राजनितिक दलले भागवण्डा गरि शुबोधिनी माबिमा नेपाली काङ्ग्रेस र जनजागृति माबिमा नेकपाको नेतृत्वमा हुने गरि विद्यालय बाडफाड गरेपछि ब्यवस्थापन समिति गठनको काम अगाडि बढेको हो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij