JanataToday.com

Advertisment

SKIP THIS

विश्व मत्स्य दिवसमा व्यवसायीक संघ सस्थाहरुद्धारा प्रर्दशन , संख्या बढाउन तिनाउमा माछाका भुरा छाडियो

विश्व मत्स्य दिवसमा व्यवसायीक संघ सस्थाहरुद्धारा प्रर्दशन , संख्या बढाउन तिनाउमा माछाका भुरा छाडियो

रुपन्देही ।
पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घत्दै गएपछि रुपन्देहीका किसानले तिनाउ खोलामा माछाका भुरा राखेका छन् । विश्व मत्स्य दिवसको अवसर पारेर रौउ र नैनी जातका एक लाख भुरा माछा खोलामा छोडिएको हो । पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्याधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट खोलामा बगाईने फोहोरले खोलाको पानी दुषित बनेको छ । खोलामा प्रदुषण बढेपछि त्यसको असर माछामा देखिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम परियोजना इकाई मत्स्य सुपुर जोनका अधिकृत रमेश जेशवालले बताउँनुभयो ।
विश्व मत्स्य दिवसको अवसरमा मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देही लगायतका संघ सस्थाहरुले आज पश्चिमअमुवामा ¥याली समेत निकालेका थिए । स्थानिय जनप्रतिनिधि, माछा किसान, व्यवसायी, कर्मचारी, विद्यार्थी र पत्रकार सहितको ¥याली बजार परिक्रमा गरि तिनाउ खोलामा गएर माछाका भुरा राखेको जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिपु भुषालले बताउनुभयो ।विसं २०७० सालसम्म रुपन्देहीका दक्षिण भेगका बाजिया, कलवार ठहरे लगायतका जाती तिनाउ नदीकै माछाले जिबिका चलाउँदै आएका थिए । तर अहिले खोलामा माछा कम छन् । माछालाई खोलामा बाच्नसक्ने गरि खोलालाई सफा राख्न सबै स्थानियसँग रुपन्देहीका किसानले आग्रह गरेका छन् ।
पछिल्लो समयमा फुल खेतीले व्यापकता पाउदै गएको छ । निजी क्षेत्र र सरकारी क्षेत्रवाट भएको प्रोत्साहनका लागि पुष्प व्यवसायमा युवाहरुको समेत आर्कषण बढेको छ । रुपन्देहीको तिलोत्तमामा देउराली पुष्प उत्पादन समुहद्धारा फुल खेतीको आरम्भ गरिएको छ । सो अवसरमा प्रदेश ५ को कृषिमन्त्रालयका सचिव तेज वहादुर सुवेदीले सुन्दरता र भारतिय परनिर्भरताको अन्त्यका लागि यस्तो उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने बताउनुभयो ।
सो अवसरमा महाशाखा प्रमुख डा प्रदिप शर्मा, पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डे, सिर्जना वस्याल, जनक भण्डारी , वडा न १ का अध्यक्ष तामनाथ पाण्डे लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij