JanataToday.com

Advertisment

SKIP THIS

आजको मौसम , देशभर चिसो बढ्दै

आजको मौसम , देशभर चिसो बढ्दै

काठमाडौ ।
देशभर चिसो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो बढ्दै गएपनि हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने छ ।
बिहानीपख देशको पश्चिमी भू भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने महाशाखाले जनाएको छ ।
देशको पश्चिमी भूभागमा आज दिउँसो आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर हुनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij