JanataToday.com

Advertisment

SKIP THIS

आज बाट जुनियर लन टेनिस शुरु

आज बाट जुनियर लन टेनिस शुरु

बुटवल,
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता शुरु भएको छ । स्व. रो मिन प्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र रोट्याक्टर निशा चापागाईको स्मृतिमा तेस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ शुक्रबारदेखि बुटवलमा शुरु भएको हो । प्रतियोगिताको एक समारोहका बिच बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले खेल एम्पायर विकास खड्कालाई बल हस्तान्तरण गरि उद्घाटन गर्नुभयो। प्रतियोगितामा छात्रतर्फ आठ वर्ष, नौ वर्ष, दश, १२ र १४ वर्ष उमेर समुह तथा छात्रातर्फ १८ वर्ष मुनिको एकमात्र विद्यामा खेल हुने खेल संयोजक तथा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका पुर्वअध्यक्ष बालकृष्ण अर्यालले बताउनुभयो । प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो । क्लबका अध्यक्ष कृष्ण प्रसाद शर्माले बालबालिकाहरुमा खेल भावना विकास भैरहेको भन्दै वार्षिक रुपमा आयोजना हुने लन टेनिस प्रतियोगितालाई नियमित गर्ने बताउनुभयो ।
देविनगरस्थित लन टेनिस कोर्टमा शुक्रबार भएको उद्घाटन खेलमा आठ वर्ष उमेर समुह अन्तरगत विप्लब रजाली विजयी भएका छन । उनले शेहनवाज हुसैनलाई २–० को सोझो सेटमा पराजित गर्दै रजाली विजयी भएका हुन ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij