JanataToday.com

Advertisment

SKIP THIS

स्टुडेन्टस एसोसियशनको अध्यक्षमा क्षेत्री

स्टुडेन्टस एसोसियशनको अध्यक्षमा क्षेत्री

बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयमा बिए(एलएलबी)का विद्यार्थीहरुको ‘ल स्टुडेन्टस एसोसियशन’को प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कान्ती माविमा अयोजना गरिएको अधिवेशनबाट सीमाना थापा क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा पबित्रादेवी पौडेल, सचिबमा कृष्णप्रसाद भण्डारी, सह– सचिबमा विरेन्द्र कुमार जयसवाल, कोषाध्यक्षमा आस्मा पाण्डे, र सह–कोषाध्यक्षमा पार्वती बस्याल चयन भएका हुनुभएको छ् । एसोसियसनको सदस्यमा मन्जिला ज्ञवाली, दिपक ज्ञवाली, रुक्साना मिया, सुर्य पोखरेल चयन भएका छन् भने सल्लाकारमा युवराज बन्जाडे, अमर पाण्डे चयन हुनुभएको छ

एसोसियसनको संयोजक शेखर शर्मा भएको जनाईएको छ । यस अघि अध्यक्ष सीमाना थापा क्षेत्रीको अध्यक्षता र कानुन संकायका कोर्डिनेटर बलबहादुर पाण्डे प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन समारोह सम्पनन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले कानुन पढ्ने विद्यार्थीहरुले यस्तो खालको संस्था संचालन गर्दा ब्यबहारिक रुपमा आइपर्ने कुराहरु सिक्ने मौका मिल्ने बताए । त्यस्तै अध्यक्ष सिमाना थापा क्षेत्रीले आउने दिनमा संगठनलाई थप मजबुत बनाउदैं भाइचाराको सम्बन्धको कायम गरि अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij