JanataToday.com

Advertisment

SKIP THIS

भीम अस्पतालमा अत्याधुनिक आकस्मिक भवन बन्ने

भीम अस्पतालमा अत्याधुनिक आकस्मिक भवन बन्ने

भैरहवामा अवस्थित भीम अस्पतालमा अत्याधुनिक आकस्मिक भवन बन्ने भएको छ । आकस्मिक भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान काठमाण्डौं–७ सिफलचौरको सहयोगमा उक्त भवन बन्ने भएको हो । यस अघि २४ घण्टे फार्मेसी सेवा सुरु भएको अस्पतालमा अत्याधुनिक आकस्मिक भवन बन्ने भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सरकारी अस्पतालमा उपचार सम्भव छ भन्ने विरामीको मनोबल बढाउन मन्त्रालयले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयोे। उनहा तीनै तहका सरकारले अस्पतालको उपचारात्मक सेवालाई सबै नागरिक समक्ष पु¥याउनुपर्ने बताउनुभयो ।

सबै जिल्ला अस्पतालमा कम्तीमा ४ बेड आइसीयु सेट गर्ने योजनाका लागि चाहिने जनशक्ति र उपकरणका बारेमा अध्ययन भइरहेको उहाले बताउनुभयो। सीमित बजेटलाई सदुपयोग गर्दै प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै जाने लक्ष्य रहेको उहाले बताउनुभयो ।

प्रदेश ५ का १२ जिल्लामा रहेको स्वास्थ्यसंग सम्बन्धित प्रतिष्ठानलाई एकीकृत योजनाको साथ अगाडी बढाइएको मन्त्री बरालको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रका जनशक्तिको वृद्धि÷विकास गर्न र मनोबल बढाउन प्रदेश सरकारले कदम अगाडी बढाएको छ, त्यो प्रयाप्त नभए पनि लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले गरेको कार्य उदाहरणीय रहेको उहाले बताउनुभयो

जिल्ला समन्वय समिति रुपन्देहीका सभापति तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्माले लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको सहयोगले कल्पना गरिए भन्दा उच्चस्तरीय सेवा प्रदान गर्न भीम अस्पतालको आकस्मिक भवन अगाडी बढ्ने बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा अस्पताल विकास समितिका सदस्य हरि प्रसाद अधिकारीले अस्पतालमा जनप्रतिनिधि आइसकेपछि अस्पतालमा धेरैकुराहरुमा सुधार भएको बताउनुभयो

सामाजिक संस्थाको रुपमा रहेको प्रतिष्ठानले स्वास्थ्य सेवामा पहुँच नभएका नागरिकहरुलाई पनि न्यूनतम सेवा सुविधा पु¥याउने उद्देश्यले भवन निर्माण गर्न लागेको संस्थाका अध्यक्ष शोभाखर न्यौपानेले बताउनुभयो ।

भवन निर्माण गर्न करिब १ करोड ५० लाख, भवन निर्माणबाहेक उपकरणको लागि ७० देखि ९० लाख लाग्ने प्रतिष्ठानका महासचिव विष्णु प्रसाद न्यौपानेले बताउनुभयो ।

त्यस्तै भवन र उपकरणसहित लागि २ करोड ५० लाखसम्म खर्च लाग्ने न्यौपानेले जानकारी दिनुभयो । “१ वर्ष सम्म भवन निर्माण गरेर अस्पतालाई चाबी हस्तान्तरण गर्ने लक्ष्य छ, इमरजेन्सी भवनमा सम्पूर्ण उपकरणहरु अत्याधुनिक रहनेछन्, त्यस्तै २ बेडसहितको आइसीयू रहनेछ जसमध्ये एउटै बेडको उपकरण सहित झण्डै १५ देखि २० लाखसम्म खर्च लाग्नेछ, हाल २ तल्ले भवन बन्ने र पछि ५ तल्लेसम्म उक्त भवन बनाइने उहाले । बताउनुभयोसरकारी अस्पतालमध्ये भीम अस्पतालको आकस्मिक सेवालाई नमूना आकस्मिक सेवाको रुपमा रहने गरी लागेको बताउनुभयो । एक वर्षसम्म आकस्मिक भवनमा चाहिने उपकरण सहयोग गर्ने र त्यसपछि अस्पतालले व्यवस्था गर्नुपर्ने उहाको भनाइ छ ।
अस्पतालका नायब सुब्बा गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij