JanataToday.com

Advertisment

SKIP THIS

दण्डहिनता विरुद्धको दिवसका अवसरमा र्याली तथा काेणसभा

दण्डहिनता विरुद्धको दिवसका अवसरमा र्याली तथा काेणसभा

बुटवल । दण्डहिनता विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं ५, महासंघ रुपन्देही र मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको संयुक्त आयोजनामा सचेतना र्याली सम्पन्न भएको छ । । पत्रकार महासंघ रुपन्देही शाखाको कार्यालय प्राङ्गणबाट सुरु भएको र्याली जेसीस चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकमा अझै पनि दण्डहिनता काएम रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
दश वर्षसम्मको गृह युद्ध, मधेश आन्दोलन तथा विभिन्न समयमा भएका आन्दोलन र द्वन्दका पिडितहरुले अझै पनि न्याय नपाएको कुरा उल्लेख गर्दै उहाले समृद्ध मुलुकका लागि मानव अधिकारको सुनिश्चितता र शान्ति आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले मानव अधिकार तथा शान्तिका बारेमा कलम चलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देही शाखाका कार्यवहाक अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष निरु गौतम, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डि। पी। खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको महासंघ रुपन्देहीका सह सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो

प्रकाशित मिति : आइतबार, मंसिर ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij