JanataToday.com

Advertisment

SKIP THIS

आज मार्ग कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाईँदै

आज मार्ग कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाईँदै

बुटवल ।
प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्व आज मनाईँदै छ । वर्षभरिमा दिवंगत भएका आफन्तहरूको शिवलोकमा बास होस् भन्ने कामना गर्दैआज देशभरका शिव मन्दिरहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ। शतबीज छर्नहिजो राति नै शिव मन्दिरहरुमा मानिसहरू जाग्राम बसेका थिए मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका आजका बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व हिजो बेलुकीदेखि मनाइँदैछ
श्रद्धालुहरू आज बिहान सबेरै उठेर शरीर शुद्धिपछि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ र लावाका साथै मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदोका टुक्राहरू छर्दै शिव मान्दिरमा देवीदेवताका मन्दिरहरू परिक्रमा गर्दछन्। सत्ययुगमा शिवले मृगको रूप धारण गरी जहाँ–जहाँ विचरण गरेका थिए त्यहाँ–त्यहाँ सतबीज छर्ने गरिन्छ। त्यसरी छरेको प्रत्येक सतबीजको गेडाले एक–एक तोला सुन दान गरे जतिको पुण्य मिल्छ भन्ने जनविश्वास रहँदै आएको छ।
छोराछोरी नभएका कसैकसैले आफू मरेपछि शिवलोकमा बास होस् भन्ने कामनाका साथ आफू जीवित छँदै सतबीज छर्न जाने पनि चलन छ। यस क्षेत्रको मुक्तिनाथधाम ,परौहा धाम, सिद्धबाबा ,निलकष्ठ बाबाधाममा श्रद्धालु भक्तजन को भिड हुने गर्दछ ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij