JanataToday.com

Advertisment

SKIP THIS

रोट्रयाक्ट डाउनटाउनद्धारा टेवल टेनिसको आयोजना

रोट्रयाक्ट डाउनटाउनद्धारा टेवल टेनिसको आयोजना

बुटवल ९ मङ्सिर । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले प्रथम जिल्ला स्तरीय अन्तर मा।वि टेवलटेनिस प्रतियोगिता २०७६ को सुरु भएको छ । बुटवलको प्रगतिनगरमा रहेको बुटवल व्याटमिन्टन क्लबमा सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्ला भरीबाट २० वटा विद्यालयबाट करिब २५० जान खेलाडि विद्यार्थिहरुको सहभागिता रहेको छ ।
सोमबार उद्धघाटन भएको प्रतियोगितामा विभिन्न विधाका खेलहरु  हुनेछन् जसअन्र्तगत आज पुरुष डबल, महिला डवल, सब जुनियर छात्र छात्रा ,जुनियर छात्र छात्रा , सिनियर छात्र छात्रा, शिक्षक एकल सहितका खेलहरु सम्पन्न भएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी दिनुभयो ।
उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले रोट्रयाक्ट डाउनटाउनले समाजको सकरात्मक परिवर्तनकालागि क्लब स्थापना पश्चात खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गर्दै सामाजिक संस्थाले खेल, खेलाडि र समग्र खेल जगतको विकासकालागि प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा रोटरी डिस्ट्रिकका ए।जि राजेन्द्र ढकाल, रुपन्देही टेवल टेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, रोटरी डाउनटाउनका अध्यक्ष तुलसी घिमिरे, रोटरी सेन्ट्रलका अध्यक्ष राजेन्द्र कार्कि, बुटवल व्याडमिन्टन क्लबका अध्यक्ष रमेश थापा लगाएतले रोट्रयाक्टले उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको बताउदै प्रतियोगिताको प्रशंसाका साथ र सहयोग रहेको समेत बताउनुभएको थियो ।
प्रतियोगिताको समापन मंगलबार १० गते रहने कार्यक्रम संयोजक महेश खनालले जानकारी गराउनुभयो कार्यक्रमको संचालन क्कबका सचिव सौरभ भुषालले गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij