रमेश बिश्वकर्मा
गुल्मी
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान आज देखी शुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान् अन्र्तगत यस वर्षको नारा ‘‘ समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यवद्धता ’’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यसैबीच गुल्मीमा पनि अन्र्तक्रिया कार्यक्रम भएको छ । दलित महिला संघ गुल्मी दलित महिला मानव अधिकारकर्मीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि परियोजनाको आयोजनामा सो कार्यक्रम गरिएको हो कार्यक्रमलाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारीले पृत्रि सत्तात्मक सोँच अझै पनि हट्न नसकेकाले लैङ्गिक हिंसाको अन्त्य हुन नसकेको बताउनुभएको छ । उहाँले महिला हिंसाको कारक तत्वहरुलाई पत्ता लगाएर यसको समाधान तर्फ लाग्नु पर्ने बताउनुभएको हो । उहाँले हिंसालाई जगाई राख्ने प्रमुख तत्वको रुपमा मदिरा पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘रोजीरोटीको नाममा घरेलु मदिराको उत्पादन गछौँ । ’’ यसको सेवनले त्यसको मार आफैलाई पर्ने बताउँदै यसले हिंसा निम्ताई रहेको उल्लेख गर्नुभयो । साथै उहाँले बढ्दै गइरहेको वैदेशिक रोजगारले पनि महिलाहरुलाई पीडामा पारीरहेको उल्लेख गर्नुभयो ।अब आफ्ना श्रीमानहरुलाई विदेश नपठाई नेपालमै सँगै बसेर केही गरौँ भन्ने भावनाका साथ लाग्नु पर्ने समेत बताउनुभयो । कार्यक्रमलाई महिला अधिकारकर्मीहरु समेत रहनुभएका ललिता गौतम, विष्णु सापकोटा लगायतले पनि सम्बोधन गर्दै पछिल्लो समय महिला मात्र नभई कतिपय पुरुषहरु पनि हिंसाको सिकार बन्नु परेको बताउनुभएको थियो । दलित महिला संघ गुल्मीका अध्यक्ष कमला बरालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव बिष्णु विश्वकर्माले गर्नुभएको थियो
प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्