बुटवल,मौसम बदलिएसँगै मानिसहरूलाई धेरै प्रकारको संक्रमण हुन थाल्छ । रोग प्रतिरोघत्मक क्षमता कम हुने व्यक्तिहरूलाई मौसम परिवर्तन हुने बित्तिकै विभिन्न रोगहरू पनि लाग्न सुरु हुन्छ । मौसम परिवर्तनका साथ साथै प्रदुषणले निम्त्याउने संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने, दुख्ने, चिलाउने, खस खस हुने, एलर्जी जस्ता समस्याहरू देखा पर्न सुरु हुन्छ ।
घाटी तथा स्वास नलीमा संक्रमण भएसंगै सुरु हुने खोकीलाई साधारण रुपमा लिने गरिन्छ तर, खोकीले मानिसको दैनिक जीवनमा धेरै असहज र काममा अवरोध पुर्याउने गरिरहेको हुन्छ । लगातार खोक्दा घाटी, छाती, पेट तथा शरीरका भित्री अङ्गहरूमा समेत दुखाइ बढ्दै जान्छ । लापरवाही गरेमा खोकी निकै बढ्दै जान्छ र औषधिको सेवनले समेत धेरै दिन सम्म खोकी निको नहुन पनि सक्छ ।
बेलायती चिकित्सकहरूले गरेको एक अनुसन्धानपछि बिरामीलाई चकलेट खाए खोकी केहि हद सम्म ठीक हुने देखिएको छ । अन्य डार्क चकलेट भन्दा पनि दूधले बनेका ‘मिल्क चकलेट’ बढी प्रभावकारी हुने पाइएको छ ।
१६३ बिरामीमा गरिएको उक्त अनुसन्धानपछि चकलेटमा पाइने कोकोले दुई दिनमै बिरामीको खोकीमा ठूलो सुधार ल्याएको पत्ता लगाउदै युनिभर्सिटी अफ हलका प्रोफेसरले चकलेटले वास्तवमै खोकी कम गराउन सक्ने दाबी समेत गरेका छन् । कोकोमा हुने ‘थिओब्रोमाइन’ नामक पदार्थले खोकीलाई दबाउन सक्ने क्षमता राख्ने हुदा ‘थिओब्रोमाइन’ टासिने किसिमको पदार्थ हुने हुँदा त्यसले घाँटीको नर्भहरुमा पुग्दा एउटा बाक्लो लेयर बनाउछ ।
घाटीमा बनेको एक लेयरका कारणले बिरामीले धेरै खोक्नु पर्ने महसुस गर्दैन । खोकीको औषधि भन्दा कोकोले छिटै राहत दिलाउन सक्ने भन्ने विषयमा बैज्ञानिकहरू थप अनुसन्धान गरिरहेका छन् । महमा पनि यसै प्रकारको टासिने पदार्थ हुने भएको कारणले मह र कागतीको सिरपलाई खोकीको राम्रो उपचारका रुपमा लिइन्छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्