कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शिवराज नगरपालिका ६ स्थित पिपरी मा रहेको विजय श्री स्टिल प्राइभेट लिमिटेड मा कार्यरत सडवा निवासी वर्ष २२ का राज कुमार चौधरीको मृत्यु भएको हो । चौधरी लाई आज दिउँसो २ बजे कम्पनी कै काम गर्ने बेलामा करेन्ट लागेको हो ।
करेन्ट लागेर अचेत अवस्था मा रहेका चौधरी लाई उपचारका लागि बुटवल लगिएता पनि चौधरीको उपचारका क्रममा मा मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटा ले जानकारि दिएको छ ।
कम्पनीले मृतक का परिवार लाई रु नौ लाख रुपैया दिने सम्झौता गरेको छ ।
शव पोस्ट माट्म पछि पारिवारिक स्रोतले बुझेको स्थानिय बासी घनश्याम क्रुमिले जानकारि दिनु भयो।
प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्