JanataToday.com

Advertisment

SKIP THIS

रोट्रयाक्ट बुटवल डाउनटाउनद्धारा नियमित रक्तदान कार्यक्रम

रोट्रयाक्ट बुटवल डाउनटाउनद्धारा नियमित रक्तदान कार्यक्रम

बुटवल । सामाजिक क्रियाकलापहरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल बल्ड बैंकमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताहरुले रक्तदान गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराउनुभयो
कार्यक्रमका प्रमुख अतिथि औषधी व्यवसाय संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले रक्तदान गर्न अरुको लागि जिवन दान दिनु हो र रगतको अभाव बाट कसैको जिवन नगुमोस भन्दै नियमिति रक्तदान गर्नु पर्ने बताउनुभएको थियो । साउथै कार्यक्रमको प्रशंसा गर्दै धन्यबाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ प्रदेश नं ५ का सदस्य कृष्ण कुमार श्रेष्ठले ५२ औं पटक रक्तदान गर्दै सबैलाई रक्तदानमा समावेश हुन र नियमित रक्तदान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नियमित रक्तदानले आफनै शरीर स्वस्थ राख्न मदत पु¥याउनुका साथै रगत आभावमा परेकालाई ठुलो सहयोग हुने हु“दो आफनै लागि रक्तदान नारा सहित कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक रमेस पन्थीले बताउनुभएको थियो ।
साथै कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जिवन अधिकारी, कमल थापा श्रेत्री, बालकृष्ण पाण्डे, राजिव गौतम, अजित घताने लगाएतले क्लबले गरेका कार्यको प्रशंसा गर्दै क्लबका हरेक कार्यक्रममा आफुहरुको साथ र सहयोग रहेको बताएका थिए । साथै उक्त रक्तदान कार्यक्रमको सञ्चालन लक्ष्मण पन्थीले गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij