भैरहवा ।
दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक साझेदारी परियोजना, नगर विकासका लागि स्वयमसेवा कार्य विधि बास कार्यक्रम आज भैरहवामा सम्पन्न भएको छ । यू एन डिपिको सहयोगमा बासले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख सूचना आयूक्त कृष्ण हरि वास्कोटाले नेपाल भरीका महा नगर ÷उपमहानगर÷नगर पालिका तथा गाउँपालिकाहरुले गरेका उदाहरणिय काम बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नगर विकासको लागि बोलेर होइन गरेर अगाडी बढ्न सके जस्तो सुकै सफलता पनि हात पार्न सकिने भन्दै वास्कोटाले सिद्धार्थ नगरले पनि नेपालमै कुनै उदाहरणिय काम गर्नु आवश्यक रहेको बताउनुभयो । उहाले नेपालका विकट मानिएका कतिपय गाउँपालिकाहरुले पनि कसैले नगरेको काम गरेर नाम राखेको भन्दै यस नगरले पनि कुनै कुरामा उदाहरणिय बन्नु पर्ने बताउनभयो । उहाले सिद्धार्थनगर नगरपालिकालाई कृषि क्षेत्रमा अगाडी बढाउदा पनि धेरै राम्रो बन्न सक्ने बताउनुभयो । नगर पालिकाले आफ्ना नागरिकलाई कसरि सेवासुविधा प्रदान गर्दा नागरिक खुसि हुन सक्छन त भन्ने बारे पनि विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । नेपालको कानुनमा रहेका सूचनाको हकको बारेमा पनि उहाले जानकारी दिनुभएको थियो । बासका केन्द्रिय उपनिर्देशक हेमराज भट्टले सिद्धार्थ नगर नगरपालिकाका यूवाहरुलाई कसरि विकासको बाटोमा ल्याउन सकिन्छ र यसबाट समग्र विकासको लागि स्वयमसेवक तयार गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाले स्थानीय युवालाई परिचालन गर्ने मापदण्ड के हुन सक्छ भनेर नगरका प्रतिनिधिसँगको छलफल गरि एकरुपता तयार गर्न मापदण्ड तयार गरिएको बताउनुभयो । उक्त मापदण्डलाई नगरपालिकामा पारित गरि कार्यान्वयन गर्ने समेत उहाले बताउनुभयो । मापदण्ड पारित भए पछि नगरमा जूनसुकै संघसस्था तथा पालिकाले काम गर्दा स्वयमसेवक परिचालन गर्दा कार्यविधि भित्र रहेर गर्न अनुरोध गरिने छ भने सोही कार्यतालिकामा नेपाल भरी संघियता आइसकेपछि भएमा राम्रा अभ्यासहरुको बारेमा छलफल गरिएको थियो । जसले गर्दा आउदा दिनमा यहाँको विकासमा केहि प्रभाव पर्नेछ । यो काम अहिले रुपन्देहीको एक नगरपालिका र १ गाउँपालिकामा गरिएको हो । भोलिका दिनमा स्थानीय यूवालाई सम्मानजनक तरिकाले स्थानीय स्तरमै लगाउन सकिने वातावरण मिलाउन यस कार्यक्रमले ठूलो भूमिका खेल्ने बास रुपन्देहीकी अध्यक्ष विजया खत्रिले बताउनुभयो । सिद्धार्थनगर नगरपालिका र कोटहीमाई गाउँपालिकाका जन प्रतिनिधिको उपस्थितिमा कार्यक्रम हो ।
प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्