बुटवल ।
बुटवलको भाटभटेनीमा डिजिटल मल्टिप्लेक्सका रुपमा तेस्रो र सबैभन्दा ठूलो मल्टिप्लेक्स मा आएको छ ।काठमाण्डौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरिय सुविधा सहित फिल्म हेर्न पाउने भएका छन । दर्शकले सुतेरै फिल्म हेर्न मिल्नेगरी बुटवलको भाटभटेनीमा क्यूएफएक्स सिनेमाजले नयाँ मल्टिप्लेक्स शुभारम्भ गरेको हो ।
३ सय ६८ क्षमताको मल्टिप्लेक्समा डेफ्ट क्यू थ्री डी प्रविधि प्रयोगगरिनुका साथै दुई वटा स्क्रिन सहितको यस हलमा डल्बी एट्मोस साउण्ड प्रविधिको प्रयोग नयाँ र अत्याधुनिक सिस्टममा तयार पारिएको मल्टिप्लेक्समा देखाइने चलचित्रहरुको क्वालीटी उच्च हुने लिगल सिनेमाज् प्रालीका अध्यक्ष नकिम मुद्धिमले बताउनुभयो ।
भाटभटेनीको पाँचौ तल्लामा रहेको मल्टिप्लेक्सको शुभारम्भ गरिएको जानकारी गराउन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै क्यूएफएक्सका अथोराइट मार्केटर विवेक पोखरेलले हलबारे जानकारी गराउनुभयो ।स्तरीय साउण्डसँगै स्तरीय भिडियो क्वालीटि रहेको स्क्रिनमा फ्लिम हेर्ने अवसर जुराएको कम्पनीको देशभर ११ वटा मल्टिप्लेक्समा २५ वटा स्क्रिन रहेको उनले जानकारी गराउनुभयो।
कम्पनीले यसै महिना विराटनगरको भाटभटेनी सुपरमार्केटमा समेत २ स्क्रिन सहितको मल्टिप्लेक्स सञ्चालनमा ल्याउने तयारी रहेको पोखरेलले बताउनुभयो।
प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्