बुटवल
बुटवलमा भएको खुल्ला दशौं एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधी बुटवलका आयुस खनालले जितेका छन् ।अक्सफोर्ड माविका विद्यार्थी आयुसले उपाधी सहित नगद १० हजार, शिल्ड तथा प्रमाण पत्र हात पारेका हुन् । आयुसले प्रदेश ५ का विभिन्न पाँच जिल्लाका सामुदायिक तथा संस्थागत ४८ विद्यालयहरुलाई पछिपार्दै जित हासिल गरेका हुन ।
यस्तै प्रतियोगिताका दीप बोर्डिङ स्कुलका विद्यार्थी गृष्मा पोखरेल द्वितीय, शान्ति नमुना मावि मणिग्रामकी विद्यार्थी सृष्टि खरेल तृतिय भईन् । यस्तै प्रतियोगितामा प्यारामाउण्ट मावि नयाँमिलका विद्यार्थी दिपीका पाण्डे र न्यू होराईजन माविका विद्यार्थी स्मारिकाले प्रोत्साहन पुरस्कार हात पारेका छन् ।
प्रतियोगितामा द्वितीय, तृतिय तथा प्रोत्साहन पुरस्कार प्राप्त गर्नेले क्रमश ६ हजार, ३ हजार, २ हजार र १ हजार नगद, प्रमाण पत्र र शिल्ड हात पारेका हुन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थी जीवनमा अतिरिक्तसँगै विभिन्न खाले रचनात्मक क्रियाकलापमा विद्यार्थीको सहभागिता अनिवार्य रहने बताउनुभयो ।
उहाले विद्यालयले शैक्षिक क्यालेन्डर अनुसारका विभिन्न कार्यक्रमसँगै समयसमयमा विभिन्न खाले रचनात्मक कार्यक्रम गरेर विद्यार्थीको सृजनशिलतालाई बाहिर निकाल्न मद्दत गर्नु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, प्याब्सन अध्यक्ष लेखनाथ पौडेल, एन प्याब्सन प्रदेश उपाध्यक्ष विष्णु पौडेल, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्रदेश अध्यक्ष हेमबहादुर थापा, प्याब्सन बुटवल अध्यक्ष कुलराज शर्मा, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने लगायतले विद्यार्थीको चौथर्फि विकासका लागि बादविवाद, वक्तृत्वकला तथा हाजिरिजवाफ जस्ता प्रतियोगिताहरु निरन्तर आयोजना हुनु पर्नेमा जोड दिनुभएको थियो ।
भैरहवा बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुख बालकृष्ण भट्टराई, सहप्राध्यापक शंकर नेपाल र उपप्राध्यापक शंकरप्रसाद गैरेले निर्णायकको भुमिका निभाएको कार्यक्रममा रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, नवलपरासी र पाल्पा जिल्लाका ४८ विद्यालयका ४८ जना विद्यार्थीहरुले सहभागिता जनाएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गर्नुभउको थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्