बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा रहेको शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उदघाटन गर्नुभयो । कार्यक्रमको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक बनको संरक्षण र विकास गर्दै बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्ने बताउनु भयो । बन जस्तो प्राकृतिक सम्पदाबाट प्राप्त हुने आयश्रोतलाइ बर्गीय हिसावले तल परेका समुदायको आर्थिक समुन्नतीकालागि प्रयोग गर्नु पर्नेमा मन्त्री गीरीले जोड दिनु भयो ।
बनलाइ पर्या पर्यटन संग जोड्दै अन्य आयआर्जनका कार्यक्रमहरु गर्न सकिने बताउनु भयो । बनको विकास र यसबाट हुने आयश्रोतको सहि सदुपयोग गर्ने सम्बन्धमा पछिल्लो समय जुंगाको लडाइ देखिएको भन्दै मन्त्री गीरीले सरकार,सम्बन्धीत निकाय तथा उपभोक्ताहरु सबैले बिधि बिद्यानमा टेकेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । शंकरसामुदायिक बन र बन भित्र संचालन भइरहेको बनबाटिका बिच केही समस्याहरु सतहमा देखिएको र ती समस्या जुंगाको लडाइकै कारण निम्तीएको मन्त्री गीरीको भनाइ थियो । सामुदायिक बन भित्र निर्माण गरीने पर्यटकीय या अन्य संरचनाहरु तथा तीनको संचालनकालागि बन्ने समितिहरु बन अन्तर्गत नै रहनु पर्नेमा मन्त्री गिरीले जोड दिनु भयो ।
स्थानीय सरकारले बनाइरहेको टावर निर्माणलाइ कानुनी हिसावले नियमन गर्नु पर्ने उहाँले बताउनु भयो । सामुदायिक बनमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेकाले चिडियाखाना र बनस्पती उद्यान निर्माण गर्न सकिने बताउनु भयो । त्यसकालागि प्रदेश सरकारले बजेटमा कुनै कमि हुन नदिने प्रतिबद्धतापनि मन्त्री गिरीले गर्नुभयो।
त्यसअघि बन उपभोक्ता समितिका पदाधिकारी तथा सल्लाहकारहरुले समुदायिक बन भित्र निर्माण गरीएको बन बाटिकालाइ स्थानीय सरकारले स्वायत्त निकायको रुपमा अगाडी बढाउन खोजेको र बन संगको समन्वय बिनै भौतिक संरचना निर्माण गरीरहेको भन्दै असमती प्रकट गरेका थिए । त्यसको जवाफमा तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले नगर सरकार आफनो अधिकार क्षेत्रबारे जानकार रहेको र बिधि बिद्यानमै टेकेर बनबाटिकाको विकाससगै भ्युटावर निर्माणलाइ गति दिइएको जवाफ दिनुभएको थियो । अन्यत्र पनि सामुदायिक बन भित्र पर्यटकीय संरचना निर्माण गरी छुट्टै समिति मार्फत संचालन भइरहेको दृष्टान्त प्रस्तुत गर्दे नगरप्रमुख घिमिरेले उपभोक्ता समितिका केही व्यक्तिहरुले नगर सरकारलाइ नटेरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । हिजो तपाइहरुले के के गर्नु भो के के संरचना निर्माण भएका छन मलाइ थाहा छैन र? हिजो बन ऐन थिएन ? हिजोका मन्त्रीहरु माननीयहरु दिपक बोहोरा, माननीय बिष्णु पौडेल ज्युहरुले आउदै उदघाटन गर्दै गर्दा तपाइहरु कहाँ जानुभाथ्यो । आज तपाइहरुले जोर जुलुम गर्ने? हामीलाइ दुख्ख दिने ?नगरप्रमुख घिमिरेले भन्नुभयो । नगरपालिकाले गरेका विकासका काममा कसैले अवरोध सृजना गर्न नसक्ने भन्दै उहाँले कुनै एउटा काम रोकेर हेर्न चुनौती समेत दिनुभयो । नगरपालिकाले आफनो अधिकार क्षेत्रभित्रै रहेरै भ्युटावर तथा बनबाटिका संचालनकालागि खुल्ला डेण्डर मार्फत लिज करार गर्ने तयारी पनि भइरहेको मेयर घिमिरेले जानकारी दिनुभयो ।
बन उपभोक्ता समितिका अध्यक्ष राम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बन कार्यलयका प्रमुख इन्द्र पछाई,कानुनी सल्लाहकार खुमाकान्त पौडयाल,काँग्रेस महासमिति सदस्य यमबहादुर खत्री,प्रेमनारायण खरेल,दिनानाथ आर्चाय,प्रेमबहादुर भण्डारी,जेपि कँडेल,टेकबहादुर थापा,माथवर सिंह सलामी,टंक पौडेल,विश्वरञ्जन मिश्र,हरी प्रसाद तिवारी, ध्रुव धिताल,रबिन्द्र बस्नेत,इन्दु थापा,दिवाकर, देवि सापकोटा लगायतले बोल्दै पोथ्रा पोथ्रा भएको बनलाइ हराबरा बनाउदै नमुना सामुदायिक बनको रुपमा विकास गर्न समुदायको महत्वपुर्ण भुमीका रहेको बताए । समुदायिक बन जोगाउन महत्वपुर्ण भुमीका खेलेका उपभोक्ता र बनलाइ नै बाइपास गरेर स्थानीय सरकारले संरचना निर्माण तथा तीनको संचालनको जस एकलौटी लिन खोजेको गुनासो गरेका थिए । वक्ताहरुले संघियता कार्यान्वयन सगै बनेका ऐन नियमहरु पनि समुदायीक बन मैत्री नभएको भन्दै सुधारकालागि सरकारलाइ आग्रह गरे ।
प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्